हेटौंडा अटोमोवाइल्सको अध्यक्षमा सागर सापकोटा निर्वाचित

काठमाडौं । हेटौंडा अटोमोवाइल्स एशोसिएशनको १९ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको छ । उक्त साधारण सभामा अटो क्षेत्रको बिद्यमान समस्या बिषयमा विविध छलफल भएको थियो । 

साथै, उक्त सभाले नयाँ कार्यसमिति समेत गठन गरेको थियो । नयाँ अध्यक्षमा सागर सापकोटा निर्वाचित भएका छन् भने १४ सदस्यि नयाँ कार्यसमिति गठन भएको छ । 

साधारण सभाको उद्घाटन सत्रमा प्रमुख उतिथिकोरुपमा उपस्थित भएका नाडा उपाध्यक्ष कृष्णप्रसाद दुलालले अहिलेको वर्तमान स्थितिको बारेमा जानकारी दिदै सबै प्रदेशमा नाडाको उपस्थिति ग्यारेन्टि हुनेगरी नाडा अटोमोवाई एसोसिएसन अफ नेपालले काम गरिरहेको जानकारी दिएका थिए । 

साथै उनले सरकारसँग मिलेर यो क्षेत्रलाई ब्यवस्थित गर्न नाडा लागि परेकाले सरकारले यातायातक्षेत्रको समग्र विकास बिना कुनैपनि क्षेत्रमा विकासको कल्पना गर्न नसक्ने दाबी गरे ।  

संघीय सरकारले तोकेका सडक सम्भार तथा मर्मत दस्तुर तथा सवारी धनीकर प्रदेशै पिछे अलग अलग हुनु, त्यसमा पनि १, ३ र ७ प्रदेश सरकारले यातायातका साधनहरुमा अत्यधिक कर बढाउनु विडम्बनाको विषय भएको दुलाले बताएका थिए । 

नवनिर्वाचित अध्यक्ष सापकोटाले आफ्नो कार्यकालमा हेटौंडामा अटो भिलेज स्थापनाको काम गर्ने जानकारी दिए । 

‘यसको निकै लामो प्रक्रिया पुरा भैसकेको छ । नगरपालीकाले त्यसको लागि आवस्यक जमिनको ब्यवस्था गरेको छ । केही जमिन जंगल क्षेत्रमा पर्ने भएकाले काम रोकिएको छ । चाडै त्यसको समाधान हुने हामीले अपेक्षा गरेका छौ’ सापकोटाले मेरोअटोसँग भने । 


Back_to_top