यसकारण, अब झनै सुरक्षित बजाज एभेन्जर-२२०

काठमाडौं । बजाज अटोले एभेन्जर-२२०मा एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस) दिएको छ । नयाँ फिचरसहित बजाज एभेन्जर अझ सुरक्षित भएको छ । भारतीय बजारमा नयाँ एभेन्जर जनवरीबाट बिक्री वितरण सुरु हुनेछ । फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक रहेको यो बाइकमा कम्पनीले सिगंल च्यानल एबीएस दिएको हो । 

भारत सरकारले २०१९ मार्चदेखि १२५ सीसीमाथीका बाइकमा अनिर्वाय एबीएस जडान गर्नुपर्ने प्रावधान ल्याएसँगै कम्पनीले एभेन्जरमा एबीएस दिएको हो । 

एभेन्जर बाइक क्रुज तथा स्ट्रिट भेरियन्टमा बजारमा उपलब्ध रहेको छ । यो बाइक बिषेश गरेर टुरीङ तथा लामो यात्राका लागी उपयुक्त मानिन्छ । 

नेपाली बजारमा पनि एभेन्जर निकै रुचाइएको बाइक हो । यहाँ एभेन्जरका दुबै भेरियन्ट उपलब्ध रहेको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको एभेन्जर स्ट्रीटको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ भने, क्रुज भेरिएन्टको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । तर, एबीएससहितको एभेन्जर नेपाल कहिले आउँछ भन्ने अहिले टुङ्गो लागेको छैन ।

२२० सीसी सिगंल सिलिन्डर, आयल कुल्ड डिटिएसआइ इन्जिन रहेकोे छ । यो इन्जिनले १९.३ पीएस तथा १७.५ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकमा ५ स्पीडको गियर बक्स रहेको छ । 


Back_to_top