यस्तो छ केटीएम डूक-१२५ काे पहिलो महिनाको बिक्री

अस्ट्रियन मोटर कम्पनी केटीएमले भारतीय बजारमा केटीएम डुक-१२५ सार्वजनिक भएको पहिलो महिनामा ४७५ यूनिट बिक्रि गर्न सफल भएको छ । २६ नोभेम्वरमा सार्वजनिक भएको यो बाइक युरोपीयन मोडलको हुने अनुमान गरिएको थियो, तर कम्पनीले पुरानै शेलीमा ल्याएको थियो । 

कम्पनीको इन्ट्री लेवल सेग्मेन्टको डूक-१२५ को एक्स शोरुम मूल्य १ लाख १८ हजार १ सय ६३ भारतीय रुपैयाँ निर्धारण गरेको छ । १२५ सीसी सेग्मेन्टको सबै भन्दा महंगो यो बाइकले २०० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने छ । 

डूक-१२५ मा कम्पनीको अत्याधिक रुचाईएको मोडल डूक-३९० र डूक २०० मा प्रयोग भएका अधिकांश फिचरहरु उपलब्ध छ । जसमा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि टीएफटी कलर डिस्प्ले, ब्लू-टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएस डूक–१२५ मा उपलब्ध छ । मोटरसाइकलको सिटको हाइट ८१८ मिलिमिटर रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ । 

कम्बी ब्रेकिङ्ग सिस्टममा आउने यस बाइकमा १२४.७ सीसी, सिङ्गल सिलिन्डर, फोर-भल्भ, लिक्विड कुल्ड, फ्यूल इन्जेक्टेड डीओएचसी इन्जिन लगाइएको छ । यसमा लगाइएको इन्जिनले १५ बीएचपी पावर र १२ एनएम-टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड ट्रान्समिसन जडान गरिएको छ । यसको फ्रन्टमा ४३ एमएमको फर्क लगाइएको छ भने रियरमा मोनोशक सेटअप लगाइएको छ ।

साथै, फ्रन्ट डिस्क–ब्रेक ३०० मिलिमिटर रहेको छ भने, २३० मिलिमिटर रियर डिस्क ब्रेक दिइएको छ ।


Back_to_top