भारतबाट बढेर आयो पेट्रोलियम पद्धार्थको भाउ

काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै इण्डिन आयल कर्पोरेसन (आइओसी)ले पनि मूल्य बढाएर पठाएको हो ।

यद्यपि, निगमले भने मूल्य समायोजन गरेको छैन । निगम स्रोतका अनुसार पेट्रोल र डिजेलको मूल्य दोहोरो अंकले बढेर आएको छ । स्वचालित मूल्य प्रणाली अनुसार २ रुपैयाँसम्म मूल्य घटाउने वा बढाउने अधिकार निगम व्यवस्थापनलाई हुन्छ। सोभन्दा बढी मूल्य हेरफेर गर्नुपर्ने अवस्थामा निगम संचालक समितिको बैंकबाट निर्णय गर्नुपर्छ ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले संचालक समिति बैठक बस्न ढिलाइ भएको बताइएको छ । चाँडै बैठक बसी निर्णय गरेर नयाँ मूल्य सूची सार्वजनिक गरिने निगम स्रोतको भनाइ ।

आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ । निगमले प्राप्त मूल्यसूचीका आधारमा मूल्य घटाउने/बढाउने गर्छ । यो पटक लिटरमै १० रुपैयाँ बढी मूल्य बढेर आएकाले निगमले बढाउने सम्भावना छ । तर, हालसम्म संचालक समिति बैठक बसिनसकेकाले निगमले कहिलेसम्म नयाँ मूल्य सार्वजनिक गर्छ भन्ने अझै टुंगो छैन ।

निगमले यसअघि गत असार १७ गते पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलको प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २६५ अमेरिकी डलर र खाना पकाउने एपी ग्यासको मूल्य प्रतिसिलिण्डर १०० रुपैयाँ घटाएको थियो ।


Back_to_top