काठमाडौं । दिगोले काठमाडौंको पेप्सीकोलामा अत्याधुनिक सुविधसहितको इलेक्ट्रीक गाडी सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले विश्वकर्म पूजाको अवसरमा आजदेखि पेप्सीकोलामा सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
यससँगै दिगोको ठमाडौँ उपत्यकामा सर्भिस सेन्टरको संख्या तीन पुगेको छ । दिगोले यसअघि नै बल्खु र चारदोबाटोमा सर्भिस सेन्टर संचालनमा ल्याइसको छ ।
पेप्सीकोलाको सर्भिस सेन्टरमा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि संचालन गरिएको कम्पनीले जनाएको छ । जहाँ विद्युतीय सवारी साधनका ब्याट्रीहरूको अनुसन्धान, परीक्षण र मर्मत सेवा प्रदान गरिन्छ ।
दिगो ग्रुपका संस्थापक राजन रायमाझीले ग्राहकको अपेक्षाभन्दा धेरै गुणस्तरीय सेवा दिने उद्देश्यले नयाँ सर्भिस सेन्टर संचालनमा ल्याइएको बताए ।
‘हाम्रो उद्देश्य भनेको ग्राहकहरूको अपेक्षाभन्दा माथि उठ्ने गुणस्तरीय सेवा दिनु हो। पेप्सीकोलामा रहेको यो नयाँ सेवा केन्द्रले ग्राहकहरूको सन्तुष्टिमा नयाँ उचाइ हासिल गर्नेछ। दिगोका ग्राहकहरूले अब अत्याधुनिक प्रविधि र दिगो सेवाको फाइदा उठाउन सक्नेछन्,’ उनले भने ।
दिगो ग्रुपले गत ६ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधनको बिक्री, वितरण र सेवा प्रदान गर्दै आएको छ।