एड्भान्स फिचर्ससहितको ‘अपाचे आरआर ३१०’ सार्वजनिक

काठमाडौं । दुईपाङग्रे सवारी साधन निर्माता टीभीएस मोटरले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम स्पोर्टस् सेग्मेन्ट अन्तर्गत टीभीएस अपाचे आरआर ३१० मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।

रेसिङ डीएनमा प्रेरित यस मोटरसाइकलमा डबल डायमेन्सनल क्विक सिफ्टर, टायर प्रेसर मनिटरिङ सिस्टम, सेग्मेन्टमै पहिलो क्रुज कन्ट्रोल सिस्टम, ट्रान्सपरेन्ट क्लच कभर, रेस ट्यून्ड् डायनामिक स्टेबिलिटी कन्ट्रोल, एरोडायनामिक विंगलेट, अपग्रेडेड भर्टिकल टीएफटी रेस कम्प्युटर मल्टिरुट कनेक्टिभिटी सिस्टम लगायत निकै एड्भान्स फिचरहरू पाउन सकिन्छ ।

एरोडायनामिक डिजाइनमा निर्माण भएको आरआर ३१० मा दिइएको टीएफटी कन्सोलको सबै डिटेल्स टीभीएस एप मार्फत पनि हेर्न सकिने छ । यो मोटरसाइकलमा रेसिङ कन्ट्रोल गर्नका लागि पूरा फेयर्ड एण्ड सुपरस्पोर्ट सिस्टम टेक्निक पनि पाउन सकिन्छ ।

त्यस्तै, यसमा चार राइडिङ मोड, डबल डिस्कब्रेकसँगै कर्नरिङ एबीएस सिस्टम, कर्नरिङ क्रुज कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल, ह्वीली कन्ट्रोल, स्लोप डिपेन्डेन्ट कन्ट्रोल, पूरा एड्जस्टेबल सस्पेन्सन, ब्रास क्रोटेड चेन, रियल लिफ्ट अफ कन्ट्रोल र एड्जस्टेड स्पीड क्रुजिङ जस्ता फिचरहरू पनि दिइएको छ ।

कम्पनीले आरआरमा ३१० सीसीको नयाँ रिभर्स इन्क्लाइन्ड डीओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३८ पीएस पावर तथा २९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

नयाँ अपाचे आरआर ३१० रेड बिना क्विक सिफ्टर, रेड क्विक सिफ्टर र ब्राम्बर ग्रे गरी तीन भेरियन्टमा उपलब्ध छ । भारतीय बजारमा बिना क्विक सिफ्टर भेरियन्टको मूल्य २ लाख ७५ हजार रुपैयाँ, क्विक सिफ्टरको २ लाख ९२ हजार रुपैयाँ र ब्राम्बर ग्रेको २ लाख ९७ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण भएको छ ।


Back_to_top