काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले प्योर इलेक्ट्रीक लाइट कमर्शियल भेहिकल अनभिल गरेको छ । कम्पनीले जर्मनीमा भएको आईएए ट्रास्पोर्टेसन २०२४ मा प्योर इलेक्ट्रीक लाइट कमर्शियल भेहिकल ई भाली अनभिल गरेको हो ।
छोटो रुटहरूमा कार्गो डेलिभरी गर्नका लागि डिजाइन गरिएको यो ई-भाली युरोपियन बजारमा छिटै बिक्री सुरू हुने बताइएको छ । उक्त कार्यक्रममा कम्पनीले लाइट कमर्शियल भ्यानका अलाबा इलेक्ट्रीक ट्रक तथा ट्रयाक्टर समेत देखाएको छ ।
कम्पनीले देखाएको ई-भाली भ्यानको कार्गो क्षमता १४५० केजीसम्मको रहेको छ । यो मोडलमा बीवाइडीले ब्लेड ब्याट्रीको प्रयोग गरेको छ । यसमा अडाप्टिभ क्रुज कन्ट्रोल, फर्वाड कोलुजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट डिटेक्सन तथा हिल होल्ड कन्ट्रोल सहित एड्भान्स इन्टेलिजेन्ट ड्राइभिङ असिस्ट फिचर समेत रहेको बताइएको छ ।

८०.६४ किलोवाट अवारको ब्याट्रीप्याक दिएको यस भ्यानको डब्लूएलटीपी रेन्ज २५० किलोमिटरसम्मको रहेको छ । यो भ्यानलाई फास्ट चार्जरले मात्र ३० मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
बीवाइडीले जुन २०२४ सम्ममा १ लाख १० हजार युनिट कमर्शियल भेहिकल बिक्री गरेको छ । जसमा ३० हजार युनिट न्यू इनर्जी ट्रक तथा स्पेशलाइज्ड भेहिकल रहेको छ ।

