काठमाडौं । गत आर्थिक वर्षमा ६५ हजार यूनिटभन्दा धेरै स्कुटर बिक्री भएको थियो । पछिल्लो ५ वर्षको तथ्यांकलाई हेर्ने हो भने स्कुटरको विक्री अत्याधिक वृद्धि हुँदै आएको छ । स्कुटर बिक्री बढ्नुमा परिवारमा रहेका महिला र पुरुष दुबैले प्रयोग गर्नसक्नु मुख्य कारण हो भने अर्को कारण सामान ओसार पसार गर्न निकै सहज हुनु हो ।
युवा पुस्तामा निकै चर्चित हुँदै गएको स्कुटर उत्पादक कम्पनीले पनि निकै इन्धन किफायति इन्जिनको प्रयोग गरेर स्कुटर उत्पादन गर्दै आएका छन् ।
हामीले नेपाली बजारमा रुचाइएका र सर्वाधिक माइलेज दिने ५ स्कुटरको इन्जिन, मूल्य, पावर र माइलेजको बारेमा तपाईलाई जानकारी दिने प्रयास गरेका छौं ।
होन्डा डियो

यसमा ११० सिसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ । नयाँ डियोले ७ हजार आरपीएममा ८ एचपीको पावर र ५५ सय आरपीएममा ८.९१ एनएमको टर्क प्रदान गर्छ । यसमा भी-म्याटिक गियरबक्स छ ।
नेपाली बजारमा सबैभन्दा बढी विक्री हुने यो स्कुटरले प्रतिलिटर ६० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । स्याकार ट्रेडिङले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको डियोको नयाँ मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।
टिभीएस वीगो

टिभीएस वीगो स्कुटर सेग्मेन्टमा नै सबैभन्दा बढी माइलेज दिने स्कुटर हो । वीगोमा १०९.७ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको यसको छ । यो इन्जिनले ७५०० आरपीएममा ७.९ बिएचपी पावर उत्पादन गर्छ ।
प्रतिलिटर ७० किलोमिटर माइलेज यो स्कुटरपनि नेपाली बजारमा जगदम्बा मोटर्सले विक्री वितरण गर्दै आएको छ । कम्पनीले यसको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ तोकेको छ ।
महेन्द्रा गस्टो

महिन्द्रा टु ह्विलरको नेपालका लागि अधिकारिक विक्रेता अग्नि समूहले महिन्द्रा गस्टो स्कुटरको विक्री वितरण गर्दै आएको छ । यो स्कुटरमा १०९.६ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन दिइएको छ । यसको इन्जिनले ७५०० आरपीएममा ८ बीएचपी पावर र ५५०० आरपीएममा ९ एनएम टर्क उत्पादन गर्छ ।
प्रतिलिटर ६३ किलोमिटर माइलेज दिने यो स्कुटरको नेपाली बजारमा मूल्य १ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
यामाहा फ्यासिनो

यामाहाको नियो क्लासिक डिजाइनमा आएको फ्यासिनो नेपाली बजारमा राम्रै विक्री हुने स्कुटरमा पर्छ । १ सय १३ सीसीको इन्जिन रहेको यसले ७५०० आरपीएममा ७ बीएचपी पावर उत्पादन गर्छ ।
यो स्कुटरले प्रतिलिटर पेट्रोलमा ६६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी रहेको छ । मोरङ्ग अटो वर्कले बिक्री वितरण गर्दै आएको यो स्कुटरको बजार मूल्य २ लाख १ हजार ९०० रुपैयाँ तोकिएको छ ।
सुजुकी एसएक्स

सुजुकी एसएक्समा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको यसको इन्जिनले ७ हजार आरपीएममा ८.७ पिएस पावर र ५ हजार आरपीएममा १०.२ एनएमको टर्क प्रदान गर्छ ।
माइलेज ६४ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको यो स्कुटर विशाल ग्रुप अन्र्तगतको सुजुकी भिजीले नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले यसको मूल्य २ लाख ५ हजार ९०० रुपैयाँ तोकेको छ ।

