नारायणगढ-मुग्लिन अवरुद्ध सडक खुल्यो

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् । 


Back_to_top