काठमाडौं । विश्वका १४ ठूला अटो उत्पादक कम्पनीले ५५ ब्रान्डका गाडी उत्पादन गर्दै आएका छन् । संसारभर सयौ ब्रान्ड नेममा गाडी उत्पादन हुँर्दै आएको भएपनि १४ कम्पनीको अधिनमा ५५ ब्रान्ड छन् भन्दा अनौठो लाग्न सक्छ ।
संसारभर गाडी उत्पादनको लागि कहलिएको जर्मनी, जापान, अमेरिका र इटलीले धेरै ब्रान्डको उत्पादन गर्दै आएका छन् । यस्तोमा स्वभाविक रुपमा कुन कम्पनीले कुन कुन ब्राण्ड नेममा गाडी उत्पादन गर्दै आएका छन् भन्ने जिज्ञासा हुन सक्छ ।
सबैभन्दा धेरै ब्राण्डमा गाडी उत्पादन गर्दै आएको अमेरिकी जनरल मोटर्स र जर्मनीको फक्सवागन समूह हो । अमेरिकी कम्पनी जनरल मोटर्सले सेभ्रोले, होल्डीन, भ्याक्स्योल, क्याडिल्याक, ओपेल, जिएमसी, विलिङ मोटर, बाओजुन र बियूक ब्राण्डका गाडी उत्पादन गर्दै आएको छ ।
त्यसैगरी जर्मनीको फक्सवागन समूहले अउडी, सेट, स्कोडा, बुगाटी, बेन्टले, पोर्स, फक्सवागन र ल्याम्बोगर्नी ब्राण्ड नेममा उत्पादन गर्दै आएको छ ।
तेस्रो धेरै ब्रान्ड भएको कम्पनी हो एफसीए जसले दुई छुट्टै क्राइसलर र फियात अन्तर्गत गाडी उत्पादन गरिरहेको छ । एफसीए फियातमा मासेराती, लिंका, अल्फा रोमियो ब्राण्डबाट उत्पादन गरिरहेको छ भने क्राइसलर अन्तर्गत जीप, राम र डोजे ब्राण्डमा गाडी बनाइरहेको छ ।
तीन वटा ब्रान्डमा गाडी बनाउनेमा टोयोटा, निसान, पीएसए, टाटा, रेनो, हुन्डाई र जीली रहेका छन् ।
टोयोटा कम्पनीले डाइहात्सु, टोयोटा र लेक्सस ब्राण्डका गाडी उत्पादन गरिरहेको छ भने निसानले निसान, डाट्सन र इन्फिनिटी ब्राण्डमा गाडी बनाउँदै आएको छ ।
पीएसए समूहले डिएस अटोमोवाइल, प्यूजो र सिट्रोन ब्राण्डमा गाडी बनाई रहेको छ । भारतीय कम्पनी टाटा मोटर्सले टाटा, ल्यान्ड रोभर र ज्यागवार ब्राण्डमा गाडी बनाई रहेको छ । बीएमडब्ल्यू कम्पनीले बीएमडब्ल्यू, रोल्स रोयस र मिनि ब्राण्डमा गाडी बनाई रहेको छ ।
कोरियन कम्पनी हुन्डाईले हुन्डाई, किया र जेनिसस ब्राण्डमा गाडी बाउँदा, फ्रेन्च कम्पनी रेनोले डिका, रेनो र सामसुङ ब्राण्डमा गाडी बनाई रहेको छ ।
त्यसैगरी डेम्लर एजीले मर्सिडिज बेञ्च र स्मार्ट ब्राण्डमा गाडी बनाई रहेको छ भने फोर्डले फोर्ड र द लिङकन ब्राण्डमा गाडी उत्पादन गर्दै आएको छ । होन्डाले अकुरा र होन्डा ब्राण्डमा गाडी उत्पादन गर्दै आएको छ ।

