जापानी कार उत्पादक कम्पनी टोयोटाले पनि इलेक्ट्रीक कार उत्पादनलाई उच्च प्राथमिकता दिने भएको छ । हाल टोयोटाले हाइब्रिड कारलाई बढी महत्व दिँदै आएको थियो । अब टोयोटाले चीनको सबैभन्दा ठूलो इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाईडीसँग मिलेर चीनमा इलेक्ट्रीक कार तथा ब्याट्री उत्पादन गर्ने भएको छ ।
इलेक्ट्रीक कार उत्पादन गर्न टोयोटाले यसअघि सीएटीएससँग पनि साझेदारीको घोषणा गरेको थियो । बीवाईडी र टोयोटाले संयुक्त रुपमा उत्पादन गर्ने इलेक्ट्रीक सवारी टोयोटा ब्रान्डमा बिक्री हुनेछ ।
अघिल्लो साता दुई कम्पनीबीच भएको सहमती पछि जारी विज्ञप्तिमा बीवाईडी र टोयोटाले संयुक्त रुपमा उत्पादन गर्ने इलेक्ट्रीक सवारी टोयोटा ब्रान्ड नेममा बिक्री हुने उल्लेख गरिएको छ ।
दुई कम्पनीबीच भएको सहमति अनुसार अल इलेक्ट्रीक सेडान र लोफ्लोर एसयूभी कार चिनियाँ बजारमा बिक्री हुनेछ । २०२० को फस्ट हाफमा टोयोटा र बीवाईडीको उत्पादन चिनियाँ बजारमा आउने अनुमान गरिएको छ ।


