टाटा मोटर्सले भारतीय बजारमा २०१७ को सेप्टेम्बरमा कम्प्याक्ट एसयूभी नेक्सन सार्वजनिक गरेको थियो । यो एसयूभी भारतीय बजारमा निक्कै सफल भएको छ । शनिबार टाटा नेक्सन १ लाखऔं युनिट उत्पादन भएको हो ।
टाटाले योसफलता नेक्सन सार्वजनिक भएको २२ महिनामा प्राप्त गरेको हो । प्यासेन्जर सवारीको बजार बढाउनमा टाटालाई नेक्सनले निक्कै सहयोग पुर्याएको देखिन्छ । भारतीय बजारमा टाटा नेक्सन मासिक औषत करिब ४ हजारवटा बिक्री भएको तथ्यांक छ ।
टाटाले नेक्सनको केही लिमिटेड इडिसन ल्याएको छ जसमा केही परिमार्जन समेत भएको छ । टाटा नेक्सन विभिन्न भेरियन्टमा उपलब्ध रहेको छ । नेक्सन १.२ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन रहेको छ जसले ११० बीएस पावर र १७० एनएम टर्क दिन्छ । त्यस्तै १.५ लिटर टर्बोचाज्र्ड डिजेल इन्जिन रहेको र यसले पनि ११० पीएस पावर र २६० एनएम टर्क जेनेरेट गर्छ । दुबै इन्जिनमा ६ स्पीड अटोमेटिक र म्यानुअल ट्रान्समिसन रहेको छ ।
टाटा नेक्सन ग्लोबर सेफ्टी टेस्टमा ५ स्टार रेटिङ पाउने पहिलो भारतीय कार हो । त्यसैले यो कारलाई सुरक्षित कारका रुपमा समेत लिइन्छ । टाटा नेक्सन नेपाली बजारमा समेत लोकप्रिय रहेको छ ।

