नेपालमै गाडी बनाउन २० उद्योग दर्ता (सूचीसहित)

काठमाडौं । टाटा मोटर्सले नेपालमा सवारी उत्पादन गर्ने विषयसँगै विगत १ दशकयता नेपालमा सवारी उत्पादनले व्यापक चर्चा पाएको हो । १ वर्षअघि देखि हुलास अटोक्राफ्टले बजाजका मोटरसाइकल बनाई रहेको छ । गत वर्ष चैतमा दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले गाडी उत्पादन गर्न १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गर्यो । 

त्यसयता नेपालमै विभिन्न कम्पनीहरुले सवारी उत्पादन/एसेम्बल गर्न उद्योग विभागमा आफ्नो कम्पनी दर्ता गराएका छन् । आर्थिक वर्ष २०७५/०७६ सम्ममा नेपालमा सवारी उत्पादन गर्ने उद्देश्यले २० वटा कम्पनी उद्योग विभागमा दर्ता भएको तथ्यांक छ । 

सरकारले आयातलाई भन्दा उत्पादनमुलक उद्योगलाई प्राथमिकता दिने नीति लिएसँगै सवारी उत्पादकहरु जुर्मुराएका हुन् । व्यवसायीहरुले तयारी वस्तु आयात र उत्पादनका लागि गरिने कच्चा पदार्थ आयातमा भन्सार दर दुई तह कम हुनुपर्ने माग गर्दै आएका थिए । तर चालू आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले उत्पादनका लागि ल्याइने कच्चा पदार्थको आयातमा भन्सार १ तह कम लाग्ने घोषणा गरे । 

जसका कारण व्यवसायीहरु त्यति उत्साही भएको देखिँदैनन् । सवारी उत्पादन गर्ने उद्देश्यले उद्योग विभागमा कम्पनी दर्ता गरेका उद्योगी व्यवसायी भने सरकारको उक्त योजनाले उत्साहित हुने सकेको देखिँदैन । 

उद्योग विभागका अनुसार हुलास अटोक्राफ्ट, लक्ष्मी मोटर कर्पोरेशन प्रालिलगायत २० वटा दुईपांग्रे तथा चार पांग्रे र त्यो भन्दा ठूला सवारीसमेत बनाउने गरि दर्ता भएका छन् ।  

यी हुन् उद्योग विभागमा दर्ता भएका उद्योगहरुः

उद्योगको नाम

स्थान

सवारीको किसिम

एभर स्टार मोटर्स
प्रालि

नवलपरासी

तीनपांग्रे

हुलास अटो क्राफ्ट
प्रालि

नवलपरासी

मोटरसाइकल

लक्ष्मी मोटर कर्पोरेशन

नवलपरासी

चारपांग्रे

नेपाल इभी कम्पनी
प्रालि

ललितपुर

दुईदेखि ६ पांग्रे

सीईसी भेइकल्स कम्पनी

ललितपुर

दुईदेखि ६ पांग्रे
विद्युतीय

हिदोङ न्यू इनर्जी
इन्डस्ट्री

ललितपुर

विद्युतीय सवारी

बेला मोटर्स प्रालि

ललितपुर

विद्युतीय सवारी

बेलिन मोटर टेक्नोलोजी
कम्पनी

काठमाडौं

तीन पांग्रे

हाङफाव मोटरसाइकल
एसेम्बल कम्पनी

काठमाडौं

मोटरसाइकल

ट्रष्ट इलेक्ट्रीक बाइक
प्रालि

काठमाडौं

विद्युतीय मोटरसाइकल

चुंगलिय इन्टरनेसनल
ट्रेडिङ

काठमाडौं

विद्युतीय मोटरसाइकल

सीएन्डडी कम्पनी प्रालि

काठमाडौं

विद्युतीय मोटरसाइकल

नेजोङ उद्योग प्रालि

मकवानपुर

दुईदेखि ६ पांग्रेसम्म

हेरोइन अटो इलेक्ट्रीक
इन्डस्ट्री प्रालि

कञ्चनपुर

तीपांग्रेदेखि
मिनिट्रकसम्म

मिथिला अटोक्राफ्ट
प्रालि

धनुषा

तीनपांग्रे

ग्रेटवाल इलेक्ट्रीक
भेइकल प्रालि

चितवन

विद्युतीय सवारी

शार्प भिजन
इन्टरप्राइजेज

सुनसरी

दुई तथा तीनपांग्रे
विद्युतीय सवारी

ग्लोबल अटोमोबाइल
प्रालि

मोरङ

मोटरसाइकल

बेल्टा इलेक्ट्रीकल अटो
प्रालि

चितवन

विद्युतीय मोटरसाइकल

नेपाल जायन्ट कार
इन्डस्ट्री प्रालि

बारा

विद्युतीय मोटरसाइकल र
कार


Back_to_top