दशैंमा टोयोटा गाडी किन्नेलाई यस्तो छ अफर

काठमाडौं । टोयोटाले दशैंलाई लक्षित गरेर नयाँ अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले अफरको पहिलो पाइलाको रुपमा दशैंअघिसम्म शनिवारपनि शोरुम संचालन गर्ने जनाएको छ । 

साथै, कम्पनीले दशैंको समयमा सवारीसाधन किन्ने ग्राहकलाई एक वर्षको बीमा शुल्क दिने जनाएको छ । ग्राहकले यस योजनामा तत्कालै एक्स्चेन्ज सुविधा पाउने छन् भने, एक वर्षको सडक दस्तुरपनि दिने कम्पनीले घोषणा गरेको छ । 

हरेक खरिदमा सरप्राइज उपहार राखेको जनाएको कम्पनीले आर्कषक नगद छुट दिने जनाएको छ । तर, के कति रकम भन्ने खुलाएको छैन । 

‘हामीले डलरको मूल्य यतिधेरै माथी पुग्दासमेत रस एसयूभीको मूल्य बढाएका छैनौ, यद्यपी ग्राहकले नगद छुट पाउने छन्’ कम्पनीका सेल्स एन्ड मार्केटिङ म्यानेजर बिबेक बलामीले मेरोअटोसँग भने । 

कम्पनीले यस दशैंमा रस एसयूभीलाई केन्द्रमा राखेर प्रचार प्रसार र बिक्री वितरण गर्दै आएको छ । सथै माथीको योजना कम्पनीले ल्यान्डक्रुजर प्राडो, र्फच्यूनर, र्याभ४, हाइलक्स र नयाँ इटियोसमा समेत लागुहुने जनाएको छ ।   


Back_to_top