असोज २४ देखि ३१ गतेसम्म सार्वजनिक सवारीको रुट खुल्ला

काठमाडौं । सरकारले दशैंका लागि लक्षित गरि सार्वजनिक सवारीको रुट पर्मिट खुल्ला गरेको छ । सरकारले असोज २४ गतेदेखि ३१ गतेसम्म बाटो इजाजत पत्र (रुट पर्मिट) खुल्ला गरिएको जनाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै रुट खुल्ला गरिएको जनाएको हो ।

विभागले शुक्रबार प्रकाशित गरेको सूचनामा उक्त अवधिसम्मका लागि मल्टी एक्सएल ट्राक्टर ट्रेलरको संचालनमा समेत रोक लगाएको छ । 

विभागका अनुसार असोज २४ गतेदेखि ३१ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म आउने त्यस्ता सवारी आवागमनमा रोक लगाइएको व्यहोरा सम्बन्धीत सबैको सूचनाका लागि भन्दै सूचीत गरेको छ ।


Back_to_top