बेलायती चर्चित एसयुभी निर्माता कम्पनी ज्यागुआरले फ्रान्समा आयोजित पेरिश अटो शोमा पहिलो इलेक्ट्रीक एसयुभी ‘ आई पेश’ प्रदर्शन गरेको छ ।
कम्पनीले यसअघि पनि विभिन्न मोटरशोमा आई–पेशलाई शोकेस गर्दै आइरहेको छ । यो मुख्य विशेषता भनेको छिटो चार्ज हुने र धेरै स्पेस भएको एसयूभी हो ।
यो एसयुभीले कम्बस्चन इन्जिन यूक्त सवारीसाधनलाई सजिलै टक्कर दिनसक्ने क्षमतामा बनाइएको कम्पनीले दाबी गरेको छ । यसले १०० किलोमिटरको रफ्तार पकड्न मात्रै ५ सेकेन्डको समयमात्र लगाउने छ ।
साथै, एकपटकको फुलचार्ज पश्चात् यसलाई ४५० किलोमिटरसम्म चलाउन सकिन्छ । आई पेशको प्रोडक्शन मोडल कन्सेप्ट २०१६ मा सार्वजनिक गरिएको थियो । यसमा फराकिलो ग्रिल दिइएको छ । ग्रिलको दुबै तर्फ एलइडी हेडल्याम्स लगाइएको छ ।
यसका साथै कारमा पिल स्पाइलर, ड्युटोन बम्पर, डिफ्युजर र स्लीक एडइडी टेलल्याम्प्स दिइएको छ । आई पेसको लम्बाई ४ हजार ६ सय ८२ एमएम र चौडाई २ हजार १ सय ३९ एमएम रहेको छ । यसको ह्वीलबेश भने २ हजार ९ सय ९० एमएम रहेको छ ।
यसमा ज्यागुअरको टच प्रो इन्फोटेनमेन्ट सिस्टमको साथै अल डिजिटल इन्ट्रुेमेन्ट क्लस्टर दिईएको छ । आइपेशमा उपलब्ध इलेक्ट्रीक मोटरलाई ९० किलोवाटको ब्याट्रीले पावर प्रदान गर्छ ।
यो गाडी निकै पावरफुल रहेको छ । यसले ३९४ पिएस पावर उत्पादन गर्छ भने, १०० किलोवाटको ब्याट्री ८० प्रतिशत चार्ज हुन ४५ मिनेटमात्र लाग्ने छ । को समय लाग्नेछ । यसको मूल्य ७० हजार पाउन्ड हाराहारीमा रहेको छ ।

