टोयोटाको हाइब्रिड इलेक्ट्रीकमा विशेष अफर, बुकिङ गर्नेले भारी छुट पाउने

काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

कम्पनीले यही साउने २१ देखि २५ गतेसम्म आयोजना हुने मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै ‘टोयोटा मेगा अफर’ ल्याएको हो ।

यस अफर अन्तर्गत एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायतका सुविधाहरू पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी, टोयोटाको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्। यद्यपि यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र लागू हुनेछ।

एक्सपोमा टोयोटाका लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’, ‘ल्यान्ड क्रुसर २५०’ लगायतका सवारीहरू प्रदर्शनमा राखिनेछ ।


Back_to_top