काठमाडौं । जिली अटो होल्डिङ ग्रुपले उत्पादन गरेको जिली ईएक्स फाइभको २०२५ सिरिज नेपाल भित्रिएको छ ।
नेपालका लागि जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले जिलीका २ मोडल जिली ईएक्स फाइभ प्रो र जिली ईएक्स फाइभ म्याक्स भित्र्याएको हो ।
यी दुवै मोडल आगामी भदौ ३ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२५ मा सार्वजनिक हुनेछ । जिली ईएक्स फाइभले डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको आधारमा नेपाली बजारमा अन्य प्रतिस्पर्धीलाई कडा टक्कर दिने देखिन्छ ।
जिली ईएक्स फाइभ स्नो-ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।
त्यस्तै, ईएक्स फाइभको दुवै मोडलमा १६० किलोवाटको मोटर जडान गरिएको छ । यसले दिने २१५ हर्सपावरले ६.९ सेकेन्डमै ० देखि १०० किलोमिटर गुड्ने क्षमता राख्छ ।
यी दुवै मोडलमा ६०.२ किलोवाट आवर क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ । ईएक्स फाइभको एकपटकको पूलचार्जम ५३० किमी रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रीमा ८ आठ वर्ष वा २ लाख किमीसम्म वारेण्टि दिएको छ ।
ईएक्स फाइभकाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलईडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् ।
त्यस्नै, इन्टेरियरमा १५.४ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ ।
दुवै मोडलमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबिडी, ईएससी, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका फिचर छन् ।दुवैमा इन्टिग्रेटेड स्मार्ट यूआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।
नेपाली बजारका लागि ईएक्स फाइभ प्रो को मूल्य ५८ लाख र ईएक्स फाइभ म्याक्सको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ । यद्यपि, नाडा अटो शोको उपलक्षमा केही छुट हुने कम्पनीले जनाएकोछ ।


