टोयोटाको नयाँ ‘मल्टिमिडिया सिस्टम’, यस्ता छन् मुख्य ५ विशेषता

काठमाडौं । जापानी अटोमोबाइल ब्राण्ड टोयोटाले अमेरिकी बजारमा नयाँ ‘टोयोटा अडियो मल्टिमिडिया सिस्टम’ लन्च गरेको छ । विश्वकै ठूलो कार निर्माता कम्पनीले छैटौं जेनेरेशनको र्‍याभफोरमाफर्त नयाँ मल्टिमिडिया सिस्टम सार्वजनिक गरेको हो ।

विश्वभर बढ्दो विद्युतीय कारको प्रयोग बढ्दै जाँदा टेक फिचरमा ठूलो परिवर्तन आइरहेको छ । भर्खरै ईभीमा बामे सर्दै गरेको टोयोटाले नयाँ मल्टिमिडिया सिस्टम मार्फत आफू अटोमोबाइलको खेलाडी रहेको सन्देश दिएको हो ।

टोयोटा मल्टिमिडियाको लागि ग्याजेटको रूपमा प्रयोग हुने नयाँ इन्फोटेन्मेन्ट सिस्टमको साइज ठूलो बनाएको छ । तीव्र गतिमा जोड्न सकिने, स्मार्ट भोइस कन्ट्रोलको प्रयोग गर्न मिल्ने र ड्यासक्याम्प स्टाइलको रेकर्डर र डेडिकेटेड ईभी इन्टरफेस समेत यसमा छ ।

टेक फर्वाड कनेक्टीभीटी

टोयोटाले इन्फोटेन्मेन्ट सिस्टममा फाइभ जी नेटवर्क सुरू गरको छ । जसको सहयोगले अब राम्रो रिसेप्सन, फास्टर डाटा ट्रान्सफर र सिमलेस कनेक्टिभिटी हुनेछ ।

स्मार्ट कस्टुमाइजेबल इन्टरफेस

टोयोटाको नयाँ क्याबिन टेकमा आधारित छ । यसमा दिइएको स्क्रीनलाई आवश्यकता अनुसार कस्टुमाइज गर्न मिल्छ । आवश्यकता अनुसार न्याभिगेसन, अडियो, वेदर, स्मार्ट डिभाइस स्टाटस जस्ता कुरा होम स्क्रीनमा नै राख्न सकिन्छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ब्लूटुथ कनेक्सन, ब्राइटनेस, एडास रोडसाइड असीस्टेन्स सहितको क्वीक कन्ट्रोल मेनु टप राइटमा दिएको छ, जसलाई एक ट्यापमै चलाउन सकिन्छ ।

भ्वाइस कन्ट्रोलमा सुधार

यसअघि भ्वाइस असिस्टमा स्लगिस रेन्सपोन्स भएर चलाउन बन्द गरेका चालकलाई अब भने समस्या नहुने कम्पनीले जनाएको छ । नयाँ सिस्टममा भ्वाइस असिस्टका लागि क्लाउडमा कनेक्ट गरिराख्नु पर्दैन । कारले नै सिधै रेन्पोन्स गर्छ ।

नेभिगेटर र इन्ट्रीग्रेटेड ड्राइभ रेकर्डर

टोयोटाको नयाँ सिस्टममा अब डिजिटल क्लस्टरमै नेभिगेसन म्याप देखिने छ । यसका साथै कन्पनीले र्‍याभफोरमा इनबिल्ड ड्राइभ रेकर्डर समेत दिएको छ । भेहिलकको भित्री क्यामराको सहयोगमा रेकर्ड हुने यो सिस्टमा आवश्यक पर्दा यूएसबीको सहयोगमा क्लिपहरू डाउनलोड गर्न सकिनेछ ।

पर्सनलाइज चार्जिङ

टोयोटाले ईभीहरूलाई लक्षित गर्दै इन्फोटेन्मेन्ट स्क्रीनमै डेडिकेटेड ईभी डोमेन फिचर दिएको छ । यसको सहयोगमा टोयोटाका ईभी र पीएचईभी चालकले चार्ज लिमिट इन्फोटेन्मेन्ट स्क्रीनबाटै सेट गर्न सक्नेछन् । यसलाई टोयोटा स्मार्टफोन एपबाटै कन्ट्रोल गर्न समेत गर्न सकिनेछ । यसका साथै एपको सहयोगमा लाइट टर्निङ, ट्रङ्क र विण्डो ओपन जस्ता काम पनि गर्न सकिन्छ ।


Back_to_top