चीनको होलसेल बिक्रीमा टेस्ला, विलिङ र जिलीका गाडी ‘टप थ्री’मा

काठमाडौं । चीनमा एक महिनामा नै करिब २१ लाख कार होलसेल बिक्री भएको छ । गत सेप्टेम्बर महिनामा भएको रेकर्ड होलसेल बिक्रीमा सर्वाधिक बिक्री भएको मोडलको आधारमा टेस्ला, विलिङ र जिली अगाडि छन् ।

चिनियाँ कार निर्माताहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्वाधिक बिक्री भएको मोडलमा टेस्ला मोडल वाई सबैभन्दा अगाडि देखिएको छ । चीनमा सेप्टेम्बर महिनामा टेस्ला मोडल वाईको होलसेल बिक्री ५९ हजार ९०७ युनिट भएको थियो ।

दोस्रो स्थानमा दुई चिनियाँ कम्पनी र एक अमेरिकी कम्पनीको संयुक्त लगानीमा खुलेको विलिङको होङगुआङ मिनी ईभी रहेको छ । कम्पनीले सेप्टेम्बर महिनामा ५४ हजार ४९८ युनिट होङगुआङ मिनी ईभी बिक्री गरेको हो ।

तेस्रो धेरै बिक्री भएको कारमा जिलीको जिओमी झिङयुआन परेको छ । जिओमीको ह्याचव्याक कार ५० हजार २०३ युनिट बिक्री भएको हो । धेरै बिक्री भएको कारको सूचीको चौथो र पाँचौ स्थानमा बीवाइडीको सङ र क्विन मोडल परेको छ ।

बीवाइडीको सङ ४२ हजार १७८ युनिट बिक्री भएको थियो भने क्विन मोडल ४१ हजार ५७ युनिट बिक्री भएको हो ।


Back_to_top