काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित मीनभवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति बानेश्वरतर्फबाट आइरहेकाे बागमती प्रदेश बीएबी ०३६५ नम्बरको स्कर्पियो सिभिल अस्पतालतर्फ मोड्दै गर्दा सोही दिशाबाट आएको बा ८१ प ४०१० नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गोरखा सिरानचोकका २३ वर्षीय बालकृष्ण परियारको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्कर्पियो चालक ४३ वर्षीय कृष्ण कुमार कुइँकेललाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

