आयोन ब्राण्डमा नयाँ एसयूभी तयार, धेरै फिचर टोयोटाबाट लिने

काठमाडौं । चिनियाँ ब्राण्ड आयोनले नयाँ एसयूभी तयार पारेको छ । जीएसी मोटर्सको आयोन ब्राण्डमा आउन लागेको नयाँ एसयूभी टोयोटा बीजेडथ्रीएक्समा आधारित रहेको हो ।

ग्वान्झाओ अटोमोबाइल कर्पोरेशन र टोयोटा बीच चीनमा साझेदारी हुँदै आएको छ । टोयोटाका गाडी चीनमा जीएसी मोटर कर्पोरेशनले नै उत्पादन गर्छ ।

आगामी महिना लन्च हुने आयोनको ‘आई-६०’ नामबाट आउने कम्प्याक्ट क्रसओभर बीइभी र पीएचइभी दुबै पावरट्रेनमा आउने भएको हो । आई-६० मोडल टोयोटा बीजेडथ्रीएक्सको रिब्याज मोडल हो ।

टोयोटाको ब्याजमा बिक्री भइरहेको बीजेडथ्रीएक्स कम्प्याक्ट इलेक्ट्रीक एसयूभी गत मार्चमा मात्रै चीनमा बिक्री सुरु भएको थियो । यो एसयूभी ६ महिनामा ३३ हजार ७४८ युनिट बिक्री भइसकेको छ ।

जीएसीको आयोन आई-६० बीजेडथ्रीएक्स जस्तै एईपी मोडुलर आर्किटेक्चरमा बन्नेको हो । यही प्लेटफर्ममा जीएसीको आयोन भी समेत बनेको हो । यो एसयूभीको लम्बाइ ४६८५एमएम, चौडाइ १८५४ एमएम र उचाइ १६६० एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस छ ।

जीएसी एआईअन आई-६० मा १६५ किलोवाटको सिंगल इलेक्ट्रीक मोटर रहने छ । बीजेडथ्रीएक्समा ५०, ५८.४ र ६७.९ किलोवाट आवरको ब्याट्रीप्याक भएपनि आयोन आइ-६० मा रहने ब्याट्री क्षमताको बारेमा कुनै जानकारी बाहिर ल्याइएको छैन ।

आयोनको पीएचइभी भर्सनमा भने १.५ लिटर पेट्रोल इन्जिन पनि हुनेछ । पीएचईभी मोडलमा २९.१६५ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ ।

चिनियाँ बजारमा आई-६० एसयूभीको सुरुवाती मूल्य १४ हजार ५० अमेरिकी डलर तोकिएको छ ।


Back_to_top