भारतमा भन्दा पहिला नेपाल आउने छ टोयोटा राइज, यस्तो छ साइज, सुरक्षा फिचर र माइलेज

काठमाडौं । टोयोटाले विश्व बजारमा नोभेम्बर ५ तारिखमा सार्वजनिक गर्ने राइज सबकम्प्याट एसयूभीको विभिन्न फिचरको जानकारी कम्पनीले दिएको छ । कम्पनीले राइजका यी विभिन्न विशेषताको बारे अनलाइनबाट जानकारी दिएको हो ।

कम्पनीले दिएको जानकारी अनुसार यो सबकम्प्याक्ट एसयूभीको लम्बाई ३९९५ एमएम, चौडाई १६९५ एमएम र उचाई १६२० एमएम रहेको छ । यसमा ३६९ लिटर क्षमताको बुट स्पेश दिइएको छ ।

सुरक्षा फिचरमा कम्पनीले कुनै सम्झौता नगरि फिचरहरु प्रदान गरेको छ । यसमा कम्पनीले व्लाइन्ड स्पोर्ट मनिटरिङ, कर्नरिङ ल्याम्प, स्मार्ट पार्किङ सिस्टम, एडप्टीङ ड्राइभिङ बीमसहितको एलइडी हेडल्याम्प, क्रुज कन्ट्रोल, डियुल एयरव्याग, कटन एयरव्यागजस्ता फिचर सबै भेरियन्टमा दिइएको छ भने फुल अप्सनमा अझैबढी फिचर पाउन सकिने छ ।

कम्पनीले दिएको जानकारी अनुसार राइजलाई कम्पनीले ५ भेरियन्टमा बजारमा ल्याउने छ । यी भेरियन्ट फोर ह्वील र टु ह्वील ड्राइभ सिस्टममा आउने छ । कम्पनीले यसलाई ८ कलर अप्सनमा बजारमा उतार्नेछ । ५ मध्य ३ भेरियन्ट डुअल टोन कलरमा समेत उपलब्ध हुने जनाइएको छ ।

सुरुवातमा जापानी बजारमा बिक्री सुरु हुने राइजलाई कम्पनीले अन्तर्राष्ट्रिय बजारमा रस बिक्री गर्दै आएको बजारमा पठाउने जनाएको छ । यदी रस बिक्री हुने मार्केटमा राइज बिक्री सुरु हुने हो भने भारतमा भन्दा पहिला नेपाली बजारमा टोयोटा राइजको बिक्री सुरु हुनेछ । 

कम्पनीले राइजको टप भेरियन्टमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । रिभर्स पार्किङ क्यामेरा डिस्प्ले सहितको ८ इन्चको टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, १७ इन्च अलोय ह्वील, रुफरेल, एलइडी टेलल्याम्प जस्ता विशेषता यसमा समेटिएको छ ।

टोयोटा र्याभफोरको सानो भर्सन जस्तो देखिने यो एसयूभीमा निकै स्पोर्टी देखिएको छ । टोयोटाको कम मूल्यका गाडी उत्पादन गर्ने प्ल्याटफर्म डिएनजीएमा उत्पादन गरिएको राइजमा १.० लिटर थ्रि सिलिण्डर, १२ भल्भ टर्बो पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ६०० आरपीएममा ९८ बीएच पावर र २४०० देखि ४००० आरपीएममा १४० एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ । 

टु ह्वील ड्राइभ राइजले प्रतिलिटर १८.६ किलोमिटर र फोर ह्वील ड्राइभ एसयूभीले १७.४ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ ।


Back_to_top