काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले नेपालको भौगोलिक अवस्था सुहाउँदो र ग्राहकको चाहना अनुसारको टोयोटा रस नेपाली बजारमा ल्याएको छ ।
जापनीज मोटर कम्पनी टोयोटाका उत्पादन नेपालमा बिगत ५० वर्षदेखि बिक्री वितरण हुँदै आएका छन् ।
कम्पनीले रसको लागि खोलिएको प्रि–बुकिङ कार्यक्रम अन्त्यगर्दै नयाँ मोडलको एसयूभी रस सार्वजनिक गरेको छ ।
यो पनि पढ्नुस् : टोयोटाको मोस्ट वइटेड रस काठमाडौंमा, यस्तो छ विशेषता र मूल्य (भिडियोसहित)
उक्त एसयूभीमा फ्रन्ट फग ल्याम्पसहितको अटो लाइट कन्ट्रोल हेडलाइट, फ्रन्ट ग्रिल, १७ इन्चको टायर, एन्टी लक ब्रेकिङ सिस्टम, एयर ब्याग, हिल स्टार्ट असिस्ट कन्ट्रोल, त्र्याक्सन कन्ट्रोलसहितको भेहिकल स्टेबिलिटि कन्ट्रोल सिस्टम (भी एस सी) जस्ता आधुनिक विशेषता रहेका छन् ।
टोयोटा रस यो क्लासकै सबैभन्दा स्तरीय र नेपालको सडक तथा भौगोलिक स्थिति अनुसारको रहेको कम्पनीले दाबी गरेको छ ।
१५० यूनिट भन्दा बढी प्रि–बुकिङ लिइएको र हिजो आयोजना गरिएको कार्यक्रममा ५० वटा बुकिङ लिइएको कम्पनीले जानकारी दिएको छ ।


