आयो नयाँ अवतारमा होन्डाको मोटो-स्कुटर नेभी, मूल्य र विशेषतासहित

होन्डाले मोटो–स्कुटर सेग्मेन्टमा ल्याएको नेभीको २०१८ एडिसन सार्वजनिक भएको छ । पछिल्ला दिनमा निकै कमजोर बिक्री गरिरहेको यसलाई कम्पनीले थप नयाँ दुई कलरमा समेत ल्याएको छ । 

नयाँ एडिसनको सार्वजनिक गर्दै होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाका सीनियर भाइस प्रेसिडेन्ट वाई एस गुलरीयाले युवा लक्षित यो प्रडक्टमा धेरै कस्टुमाइजेनको विकल्प दिएको बताए । उनले यो मोटो–स्कुटर निकै लोकप्रिय हुनेसमेत दाबी गरे । 

केही समय अगाडि एउटा हल्ला अटो बजारमा आएको थियो । होन्डाले नेभीलाई पुनः अपग्रेडेड भर्सनमा बजारमा ल्याउने तयारी गरिरहेको छ । अब त्यो हल्ला साँचो भएको छ । कम्पनीले युवा पुस्तालाई नेभीप्रति आकर्षित गर्न एक्टीभाको इन्जिन दिएर स्टाइलिस मोटो–स्कुटरको डिजाइन तयार गरेको छ । 

कम्पनीले नेभीमा रहेको फ्युल ट्याङ्कीलाई ३.८ लिटर क्षमतामा सिमित गरेको छ साथै, यसलाई फुल्ली डिजिटल भर्सनमा ल्याएको छ । पुरानो नेभीमा थुप्रै कस्मेटीक अपग्रेडहरु गरिएका छन् । 

यसमा थप भएका पाटर्सले यो मोटो–स्कुटरलाई निकै आर्कषक र प्रिमियमनेस प्रदान गरेको छ । यसको भारतीय बजारमा मूल्य ४४ हजार ७७५ भारु तोकिएको छ ।   

नेपाली बजारमा स्याकार टेड्रिङले बिक्री वितरण गर्दै आएको नेभीको पुरानो मूल्य १ लाख ५४ हजार ९०० रहेको छ । यो मूल्य भन्दा नयाँ नेभीको मूल्यमा खासै फरक नपर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top