टीभीएसले नेपाल ल्याउँदै अपाचे RTR 160 4V को स्पेशल एडिशन

RTR 160 4v special edition

काठमाडौं । टीभीएस अपाचे RTR 160 4V को नयाँ भेरियन्ट नेपाल ल्याउने भएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले RTR 160 4V को स्पेशल एडिशन नेपाल ल्याउन लागेको हो ।

RTR 160 4V को स्पेशल एडिशन आउने भएसँगै यो सेग्मेन्टमा ग्राहकको छनोट बढ्ने भएको हो । अहिले यो सेग्मेन्टमा बजाज, होन्डा लगायतका ब्राण्डले मोटरसाइकल उपलब्ध गराएका छन् ।

अपाचे RTR 160 4V स्पेशल एडिशन विभिन्न सेग्मेन्ट फ्रष्ट फिचर थप भएर आउने छ । यो सेग्मेन्टमा नै पहिलो पटक तीन राइडिङ मोड तथा एड्जष्टेवल ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पाउन सकिन्छ । बाटो र मौसम अनुसार ड्राइभिङ मोड छनोट गर्न सकिन्छ । जसमा अर्बन, स्पोर्ट र रेन मोड दिइएको छ ।

अपाचे RTR 160 4V स्पेशल एडिशन स्पोर्टी बडी डिकल्स र स्पेशल कलर थीममा तयार भएको कम्पनीको भनाइ छ । त्यस्तै यसको एग्जष्टमा सामान्य परिर्वतन भएको छ ।

अबको केही दिनमा नै सार्वजनिक गर्ने तयारीमा रहेको यो मोटरसाइकलको मूल्यका बारेमा कुनै जानकारी बाहिर आएको छैन । साथै, मोटरसाइकलको इन्जिनमा पनि परिर्वतन छैन ।

अपाचे RTR 160 4V आफ्नो सेग्मेन्टको सर्वाधिक पावरफुल मोटरसाइकल हो । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन छ । उक्त इन्जिनले १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स छ ।


Back_to_top