काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै २० प्रतिशत डाउन पेमेन्ट वा ४२०० रुपैयाँ मासिक किस्तामा मोटरसाइकल र स्कुटर किन्न पाइने ‘कायापलट’ नामक विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार जित्न सक्ने छन् ।
कम्पनीले आजबाट सुरु गरेको यो स्कीममा मोटरसाइकल किन्ने ग्राहकले कम्पनीको वेभसाइटमा लगइन गरेर एक लाखसम्म र मोटरसाइकल खरिद गरेर १० लाखसम्म जित्ने मौका पाउने छन् ।
हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी ३० स्मार्टफोन प्रदान गरिने छ । साथै, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख नगद पुरस्कार दिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारीक फेसबुक पेजमा प्रत्येक्ष प्रशारण गर्ने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।

