नेपाल पनि आउने जीपको इलेक्ट्रीक एसयूभी दुई दिनपछि सार्वजनिक हुने

काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्ट जीपले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको डिटेल दुई दिनपछि अक्टोबर ८ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको नाम अहिलेसम्म सार्वजनिक नगरेपनि जीपस्टर रहने अनुमान गरिएको छ ।

जीपको सबैभन्दा सानो एसयूभीको रुपमा आउने यो एसयूभी केही समयअघि परिक्षणको क्रममा देखिएको थियो । जीपले योसँगै थप अरु इलेक्ट्रीक एसयूभीको कन्सेप्ट पनि भोलिनै देखाउने अनुमान गरिएको छ ।

जीपले ल्याउन लागेको नयाँ एसयूभी प्लगइन हाइब्रिड र पूर्ण इलेक्ट्री गरी दुई अप्सनमा ल्याउने छ । कम्पनीले प्लगइन हाइब्रिड मोडलमा १.२ लिटर क्षमताको इन्जिन र १७ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा ल्याउने अनुमान गरिएको छ । साथै, पूर्ण इलेक्ट्रीक मोडलमा कुन साइजको ब्याट्री रहने भन्ने एकिन कुरा बाहिर नआएपनि यसमा १०० किलोवाट क्षमताको मोटर रहने जानकारी बाहिर आएको छ । १०० किलोवाट क्षमताको मोटर रहेको कारण नेपालमा यो १० प्रतिशत भन्सार दरमा नै आउने छ ।

फोर ह्वील ड्राइभ सिस्टममा पनि नयाँ एसयूभी आउने अपेक्षा गरिएको छ । यसको फोर ह्वील ड्राइभ अप्सनमा १.२ लिटर टर्बो इन्जिन उपलब्ध रहने छ भने प्लगइन हाइब्रिड सिस्टम पनि रहने बताइएको छ । यसको अन्य फिचर लगायतका विषयमा जनाकारी पाउन अझै दुई दिन कुर्नुपर्छ ।


Back_to_top