सुजुकीको मोटरसाइकल र स्कुटरमा एकै पटक दुई स्कीम

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक विक्रेता कम्पनी भीजी सुजुकीले एकै पटक दुई स्कीम सार्वजनिक गरेको छ । कम्पनीले महा एक्सचेन्ज र दशैंको धनराशी स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको सुजुकी महा एक्सचेन्ज अफरमा ग्राहकले आफ्नो कुनैपनि पुरानो मोटरसाइकलसँग सुजुकीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । यो योजना अन्तर्गत कम्पनीले ग्राहकको पुरानो मोटरसाइकलको बजार मूल्याङ्कनमा १२ हजार थप मूल्य दिने जनाएको छ । यो स्कीममा ग्राहकले सजिलै फाइनान्स सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै दशै स्कीम अन्तर्गत ग्राहकले मोटरसइकल तथा स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ नगद छुट तथा तथा १ वर्षको वार्षिक कर उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो स्कीम अन्तर्गत पनि एक्सचेन्ज तथा फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको दशैं स्कीम नेपालभर रहेको सुजुकीको आधिकारीक शोरुममा उपलब्ध हुनेछ ।

सुजुकीले केही दिन अघि मात्र १२५ सीसी सेग्मेन्टमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले एभेनिस १२५ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो । यसका अलावा कम्पनीले सुजुकी एसेस, बर्गम्यान, जिक्सर १५०, जिक्सर २५० र इन्ट्रुडर जस्ता मोडल विक्री गर्दै आएको छ ।


Back_to_top