काठमाडौं । भारतीय बजारमा अगस्ट महिनाको विक्री तथ्यांक सार्वजनिक भएसँगै सर्वाधिक चर्चामा रहेको सब फोर मिटर सेग्मेन्टको विक्रीलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । अगस्टमा विगत ४÷५ महिनादेखि लगातार पहिलो स्थान हासिल गर्दै आएको नेक्सनलाई पछाडि धकेल्दै ब्रेजा अगाडि निस्केको हो ।
मारुती सुजुकीले जुन ३० तारिखमा बजारमा ल्याएको नयाँ जेनेरेशन ब्रेजा अगस्ट महिनामा १५ हजार १९३ यूनिट होलसेल विक्री भएको छ । यो संख्या टाटा नेक्सनको तुलनामा १०८ यूनिट धेरै हो । टाटा नेक्सन भने सोही अवधिमा १५ हजार ८५ यूनिट विक्री भएको छ ।
सब फोर मिटर सेग्मेन्टको तेस्रो स्थानमा भने हुन्डाई भेन्यू परेको छ । भेन्यू पनि फेसलिफ्ट मोडल जुनमा नै बजारमा आएको हो । हुन्डाईले अगस्ट महिनामा ११ हजार २४० यूनिट भेन्यू विक्री गरेको हो ।
यी तीन मोडल बाहेक अन्य सब फोर मिटर सेग्मेन्टमा उपलब्ध किया सोनेटको विक्री ७ हजार ८३८ यूनिट रहेको थियो । यो सेग्मेन्टमा महिन्द्रा एक्सयूभी ३००, रेनो काइगर, निसान म्याग्नाइट जस्ता मोडल उपलब्ध भएपनि तीनको विक्री निकै कम भएको छ ।


