होप इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक, एक पटकको फुलचार्जमा १५० किलोमिटर रेन्ज

काठमाडौं । भारतीय न्यू इनर्जी टु ह्वीलर उत्पादक कम्पनी ‘होप इलेक्ट्रीक मोविलिटी’ कम्पनीले नयाँ मोटरसाइकल भारतमा सार्वजनिक गरेको छ । कम्पनीले होप ओएक्सओ र ओएक्सओ एक्स सार्वजनिक गरेको हो ।

होप इलेक्ट्रीक मोविलिटीले गत मार्च महिनामा नै आफ्नो पहिलो मोडल ‘होप ओएक्सओ’को प्रि(बुकिङ खुल्ला गरेको थियो । कम्पनीले होप ओक्सओ मोटरसाइकल बुकिङ गर्दा ९९९ भारतीय रुपैयाँ अग्रिम भुक्तानी लिएको थियो । अहिलेसम्म ५ हजार यूनिट बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।

यो मोटरसाइकलको अगाडिको भाग यामाहा एफजेड एफआईबाट प्रेरित छ ।

यो मोटरसाइकलको पछाडिको चक्कामा ६.२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसमा ३.७ किलोवाट क्षमताको लिथियमा आयन ब्याट्री उपलब्ध रहेको छ । यो मोटरसाइकलको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । होप ओएक्सओकलाई एक पटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

यो मोरसाइकलमा एलइडी हेडल्याम्प, एलइडि डे टाइम रनिङ लाइट, डिस्क ब्रेक, डिजिटल कन्सोल, ४ जी कनेक्टिभिटी जस्ता फिचर दिइएको छ ।

कम्पनीले यसको मूल्य १ लाख २५ हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ ।


Back_to_top