टीभीएसले १ वर्षमा भित्र्यायो ३८ हजार दुइपाँग्रे, कुन मोडल कति ?

काठमाडौं । सन् २०२५ मा टीभीएसका ३८ हजार बढी युनिट दुईपाँग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) नेपाल भित्रिएका छन् ।

टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सन् २०२५ (जनवरी १-डिसेम्बर १५)मा कुल ३८ हजार १० युनिट दुईपाँग्रे सवारी नेपाल ल्याएको हो ।

कम्पनीले यस वर्ष १० मोडलका मोटरसाइकल र स्कुटर आयात गरेको आयात तथ्यांकमा देखिन्छ । कम्पनीले यस वर्ष सबैभन्दा धेरै नेपालमा सार्वाधिक रुचाइएको एनटर्क १२५ स्कुटर भित्र्याएको छ ।

कम्पनीले एनटर्क १२५ स्कुटर २२ हजार युनिट ल्याएको हो । नेपालमा १२५ सीसी सेग्मेन्टमा निकै प्रतिस्पर्धी बजार रहेको छ । त्यस्तै, स्कुटरतर्फ नयाँ मोडल जुपिटर स्कुटर १ हजार ५२० युनिट आयात गरेको देखिन्छ ।

मोटरसाइकलतर्फ १२५ सीसी मोटरसाइकल रेडर ४ हजार ५१२ युनिट नेपाल ल्याएको छ । त्यस्तै, १२५ सीसी सेग्मेन्टमै टीभीएस स्टाइकर ५९४ युनिट आयात भएको छ ।

त्यसैगरी, टीभीएस अपाचे आरटीआर १६० टू भी र फोर भी गरी ५ हजार ५८० युनिट , अपाचे आरटीआर २०० मोटरसाइकल ८० युनिट आयात गरेको छ ।

त्यस्तै, टीभीएस रोनिन १ हजार ६०० युनिट नेपाल भित्रिएको छ । कम्पनीले गत नाडा अटोशो २०२५ मा प्रर्दशन गर्नका लागि २ युनिट कस्टम मोटरसाइकल समते नेपाल भित्र्याएको थियो ।

कम्पनीले अपाचे आरटीआर ३१० मोटरसाइकल प्रर्दशनका लागि दुई युनिट नेपाल ल्याएको थियो । इन्ट्री लेभल कम्युटर रेडिअन १ हजार ६४० युनिट आयात हुँदा एक्सएल १०० मोपेड ४८० युनिट आयात भएको हो ।


Back_to_top