काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ ।
निगमले बिहीबार बिहान (००ः०१ बजे) देखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । त्यस्तै, निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै ५/५ रुपैयाँ घटाएको छ ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गका लागि १५८ रुपैयाँ र तेस्रो वर्गका लागि १५९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १३४.५० रुपैयाँ, दोस्रो वर्गमा १३६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १३७ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


