काठमाडौं । टीभीएसले नयाँ वर्ष २०८२ स्कीम ल्याएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ युगको सवारी’ नामक अफर ल्याएको हो ।
कम्पनीका अनुसार यस अफरमा नगद छुटका साथै एक्सचेन्ज तथा फाइनान्स सुविधा पाइन्छ । कम्पनीले ल्याएको नयाँ युगको सवारी स्कीम अन्तर्गत ग्राहकले टीभीएसका नयाँ मोटरसाइकल र स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।
साथै, ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । पुरानो मोटरसाइकलमा अधिकतम मूल्यांकन भ्यालू दिइने कम्पनीले जनाएको छ ।
त्यस्तै, फाइनान्समा मोटरसाइकल तथा स्कुटर किन्न चाहाने ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमै कर्जा सुविधा पाउने कम्पनीले जनाएको छ ।

टीभीएसले लाइफटाइम वारेन्टीका साथै १ घण्टा भित्र पार्टस उपलब्ध गराउन नसके पार्टस नै निःशुल्क दिँदै आएको छ । त्यस्तै, कम्पनीले ग्राहकलाई एउटा हेल्मेट र आफूले बिक्री गरेको साधनमा लाइफ टाइम वारेन्टी समेत दिने जनाएको छ ।


