काठमाडौं । टीभीएस एनटर्क १२५ स्कूटर एफआई इन्जिन सहित आधिकारीक विक्री सुरु हुने भएको छ । कम्पनीले यसअघि नै केही यूनिट विक्री वितरण गरेको भएपनि आधिकारीक विक्री भने दुई दिनपछि सुरु गर्न लागेको हो ।
जगदम्बा मोटर्स आधिकारीक विक्रेता रहेको टीभीएसको एनटर्क प्रिमियम स्कुटर सन् २०१८ फेब्रुअरीमा पहिलो पटक नेपाल आएको थियो । नेपालमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर, नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन-बिल्ट ल्याप-टाइमर र सर्भिस रिमाइन्डर जस्ता फिचर प्रदान गरिएको एनटर्क पहिलो स्कुटर बनेको थियो ।
नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कुटरको रूपमा स्थापित बनेको एनटर्क अहिले सर्वाधिक विक्री हुने स्कुटरमा पर्छ । नेपालमा मात्र नभएर एनटर्क टीभीएसका उत्पादन विक्री हुने अन्य देशमा पनि राम्रो व्यापार गर्न सफल हुँदै आएको छ ।
नेपाल सरकारले पनि चाँडै नयाँ प्रदुषण मापदण्ड लागु गर्न लागेको समयमा जगदम्बा मोटर्सले टीभीएस एनटर्क रेस एडिसनलाई उत्कृष्ट पीकअप, पावर र पफमेन्सका साथ बजारमा ल्याउन लागेको हो । यसको आधिकारीक विक्री दुई दिनपछि २५ जुलाई २०२१ को साँझ ५ बजेबाट गर्ने भएको हो ।


