एक सातापछि लन्च हुँदै ३०० सीसीको नयाँ एड्भेन्चर मोटरसाइकल

काठमाडौं । भारतको दुईपाँग्रे सवारी निर्माता टीभीएसले आफ्नो पहिलो आरटीएक्स ३०० सीसीको एड्भेन्चर मोटरसाइकल एकसाता पछि सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले नयाँ प्लेटफर्ममा बनाएको आरटीएक्स एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा भारतीय बजारमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

टीभीएसको आरटीएक्स ३०० सीसी सेग्मेन्टमा पहिलो एड्भेन्चर मोडलको रूपमा बजारमा आउन लागेको हो । कम्पनीले यसमा निकै सेफ्टि र एड्भान्स फिचरहरू दिएको छ ।

आरटीएक्स मोटरसाइकल भारतको सडकमा परीक्षणको क्रममा धेरै पटक देखिसकेको छ। यो मोटरसाइकल जस्तोसुकै रोडमा चलाउन एकदमै सक्षम रहेको कम्पनीले जनाएको छ ।

आरटीएक्स ३०० निकै आकर्षित सेमीफियर्ड एड्भेन्चर टुरर डिजाइनमा छ । स्टाइलिस लुक्समा देखिएको यस मोटरसाइकलमा एलईडी हेडल्याम्प सेटअप, अग्लो विन्डस्क्रीन, मस्कुलर ट्याङ्क एक्सटेन्सन, हाई माउन्ट गरिएको फ्रन्ट बीक र बम्पर गार्डहरू, बिफि नकल गार्ड, साइड गार्ड, माउन्टिङ पोइन्ट र रियर लगेज र्याक, बास प्लेट, इन्जिन केसिङमा ब्रश गोल्डेन फिनिश, ब्ल्याक अलोय ह्वील र लङ ट्राभल सस्पेन्सन सेटअप दिइएको छ । जसले मोटरसाइकललाई अझ धेरै स्पोर्टी र रग्ड लुक्स दिन्छ।

आरटीएक्समा नयाँ आरटी एक्सडी फोर २९९.१ सीसी, सिंगल सिलिण्डर, ४ भल्भ, लिक्विड कुल्ड, डीओएचसी इन्जिन हुनेछ। यो इन्जिनले अधिकतम ९००० आरपीएममा ३५ पीएस पावरका साथै ७००० आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्नेछ। मोटरसाइकलमा ६ स्पीडको गियरबक्स र स्लिप एन्ड असिस्ट क्लच पनि छ ।

यसको फ्रन्ट टायरमा १९ इन्च र रियर टायरमा १७ इन्चको अलोय ह्वील, अगाडी इन्भर्टेड फोर्क र पछाडी प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअप, ब्लक प्याटर्न ट्युबलेस टायर, डबल डिस्कब्रेकसँगै स्ट्यान्डर्ड डबल च्यानल एबीएस रहेको छ ।

टीभीएस आरटीएक्स ३०० एड्भेन्चरमा पूरा एलईडी आइट सेटअप, ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, एप सहितको स्मार्टफोन कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट, म्युजिक कन्ट्रोलर, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल राइड मोडहरू, ट्र्याक्सन कन्ट्रोल, क्रूज कन्ट्रोल, एड्भेन्चर राइडका लागि इलेक्ट्रोनिक थ्रोटल सिस्टम र स्विच गर्न मिल्ने रियर एबीएस लगायत अत्याधुनिक फिचरहरू पाउन सकिन्छ ।

हाल नेपाली बजारमा जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले यो नयाँ मोटरसाइकल पनि ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top