आयो महिन्द्रा बोलेरो नियोको अपग्रेड भर्सन, नेपालमा चाँडै लन्च हुने

काठमाडौं । महिन्द्राले आफ्नो अफोडेबल एसयूभीहरू बोलेरो र बोलेरो नियोको अपग्रेड भर्सन सार्वजनिक गरेको छ ।

कम्पनीले बोलेरो र बोलेरो नियोको एक्सटेरियर र इन्टेरियरमा केही नयाँ फिचरहरू थप गरेर बजारमा ल्याएको हो ।

४ मिटरको लम्बाइ बडी अन फ्रेम च्यासिस तथा रियर ह्वील ड्राइभ सिस्टम रहेकाले बोलेरो मोडलका एसयूभीहरू नेपाली बाटोलाई सुहाउँदो रहेका छन् ।

अपडेट भएको नयाँ बोलेरो नेपालमा समेत चाँडै लन्च गर्ने तयारी भइरहेको महिन्द्रा नेपाल स्रोतले जानकारी दिएको छ ।

सन् २०२५ मोडलका बोलेरो नियोका केही मुख्य फिचरहरू यहाँ चर्चा गरिएको छ ।

१. ५ र ७ सिटे अप्सन

बोलेरो नियोको सन् २०२५ मोडलहरू ७ सिटे अप्सनमा समेत उपलब्ध रहेको छ । यसमा रेगुलर ५ र रियरमा दुई सिट फोल्डिङ रहेको छ । रियर डोरबाट पछाडिको सिटमा एक्सेस गर्न सकिने बोलेर नियो मात्र एक एसयूभी हो ।

कम्पनीले लामो भर्सनको बोलेरो नियो प्लस समेत बिक्री गरिरहेको छ । नियो प्लसमा भने ९ सिटे अप्सन रहेको छ ।

२. बक्सी एक्टेरियर डिजाइन

महिन्द्राका अन्य एसयूभीहरू जस्तै बोलेरो नियो पनि बक्सी डिजाइनको रहेको छ । नयाँ बोलेरो नियोमा रिभाइज फेसिया, सिल्भर होरिजेन्टल एसेन्ट सहितको नयाँ डिजाइनको ग्रिल र नयाँ डिजाइनको अलोय ह्वील दिएको छ । बोलेरो नियो अब ह्वाइट र रेड कलरमा उपलब्ध हुने छैन । यसमा नयाँ जिन्स ब्लू कलर अप्सन थपिएको छ ।

३. क्याबिन फिचर

बोलेरो नियोमा आधुनिक एसयूभीहरूमा हुने सबै बेसिक फिचरहरू रहेको छ । यसको इन्ट्री लेभलमै राइडफ्लो टेक्नलोजी रहेको छ । टुइनपड एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ९ इन्चको टचस्क्री इन्फोटेन्मेन्ट डिस्प्ले, इको मोड, एबीएस विथ ईबीडी, ड्युल एयरब्याग, स्टेरिङ माउण्टेड अडियो कन्ट्रोल, ब्लूटुथ यूएसबी र एयूएक्स कनेक्टिभिटी, हाइट एड्जस्टेबल ड्राइभर सिट, कु्रज कन्ट्रोल लगायत फिचर रहेको छ । यसको टप भेरियन्टमा मल्टी टेरेन टेक्नलोजी समेत रहेको छ ।

४. इन्जिन र ट्रास्मिसन

महिन्द्राले बोलेर नियोमा १.५ लीटरको ३ सिलिण्डर एमहक १०० डिजल इन्जिन दिएको छ । यो इन्जिनले १०० हर्सपावर र २६० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो इन्जिनको साथमा ५ स्पीडको म्यानुअल ट्रास्मिसन दिएको छ । यसमा नयाँ अपग्रेडेड सस्पेन्सन दिएकोले यसको राइड क्वालिटी, ह्याण्डलिङ, स्टेबिलिटी र बे्रक डायनामिक्स उत्कृष्ट रहेको छ ।


Back_to_top