काठमाडौं । चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनमा सहिद भएका परिवारका हरेक एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।
सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् ।
उनले जेन जी आन्दोलनबाट चौधरी ग्रुपले ठूलो क्षति व्यहोरे पनि यो पीडादायी घडीमा दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढ्ने बताएका छन् ।
‘उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शो?म र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंशले हामीलार्य गहिरो पीडा दिएको छ,’ उनले भनेका छन्, ‘यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौं ।’
चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले केवाइसी, एक्सपेङ, नेटा, एवोन, दायुन, रिडारा लगायत ब्राण्डका सवारी बिक्री गर्दै आएको छ ।

