टीभीएस ‘आरटीएक्स ३००’ को माग उच्च, डेलिभरी पाउन ४ महिना कुर्नुपर्ने

काठमाडौं । टीभीएसको नयाँ एड्भेन्चर आरटीएक्स ३०० मोटरसाइकलमा ग्राहकको उच्च आकर्षण देखिएको छ । सस्तो मूल्य र आधुनिक फिचरका कारण भारती बजारमा ठूलो माग देखिएको हो ।

कम्पनीले गत अक्टोबरमा बजारमा ल्याएको यो मोटरसाइकलको माग उच्च भएकै कारण डेलिभरी पाउन ४ महिना कुनुपर्ने अवस्था आएको छ । कम्पनीले यही फेब्रुअरीदेखि बुकिङ गरेका ग्राहकलाई ४ महिनापछि मात्रै डेलिभरी दिने घोषणा गरेको हो ।

कम्पनीको हालको उत्पादन क्षमताभन्दा माग धेरै भएपछि डेलिभरी डेट पछि धकेलेको हो । भारतीय मिडिया रिपोर्ट अनुसार निकै सस्तो मूल्यमा शक्तिशाली इन्जिन, आधुनिक डिजाइन, प्रिमियम फिचर र एड्भेन्चर सेग्मेन्ट लक्षित एड्भान्स फिचरका कारण आरटीएक्स ३०० युवा र टुरिङ पारखी बीच लोकप्रिय बनेको हो।

भारतमा टीभीएक्स ३०० आरटीएक्सको सुरुवाती मूल्य १ लाख ९९ हजार भारु छ भने टप भेरियन्टको २ लाख ३२ हजार भारु रहेको छ । कम्पनीले निर्धारण गरेको यो मूल्य अनुमान गरिएकोभन्दा निकै सस्तो हो । त्यसैले पनि धेरै ग्राहकको रोजाइमा पर्न सफल भएको हो ।


कम्पनीले उच्च मागलाई मध्येनजर गर्दै उत्पादन बढाउने तयारी गरेको छ । साथै, आपूर्ति शृंखला व्यवस्थापन सुधार गर्दै छिटोभन्दा छिटो ग्राहकलाई मोटरसाइकल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यस्तो छ टीभीएस आरटीएक्स ३००

आरटीएक्स ३०० निकै आकर्षित सेमीफियर्ड डबल पर्पस एड्भेन्चर टुरर डिजाइनमा छ । यो टीभीएसको बिल्कुलै नयाँ प्लेटफर्ममा निर्माण भएको मोडल हो । मोटरसाइकल बेस, टप र ब्यूल्ट टू अर्डर (बीटीओ) गरी तीन भेरियन्टमा बजारमा उपलब्ध छ। कम्पनीले यसमा निकै सेफ्टि र एड्भान्स फिचरहरू दिएको छ ।

टीभीएसले आरटीएक्स ३०० नयाँ जेनेरेसन आरटी एक्सडी फोर इन्जिन प्लेटफर्ममा निर्माण गरेको हो । यो मोटरसाइकल जस्तोसुकै रोडमा चलाउन एकदमै सक्षम रहेको कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको फ्रेम, चेसिस र अन्य डिजाइन कम्पनीले सबै नयाँ दिएको हो ।

स्टाइलिस लुक्समा देखिएको यस मोटरसाइकलमा एलईडी हेडल्याम्प सेटअप, अग्लो विन्डस्क्रीन, मस्कुलर ट्याङ्क एक्सटेन्सन, हाई माउन्ट गरिएको फ्रन्ट बीक र बम्पर गार्डहरू, बिफि नकल गार्ड, साइड गार्ड, माउन्टिङ पोइन्ट र रियर लगेज र्याक, बास प्लेट, इन्जिन केसिङमा ब्रश गोल्डेन फिनिश, ब्ल्याक अलोय ह्वील र लङ ट्राभल सस्पेन्सन सेटअप दिइएको छ । जसले मोटरसाइकललाई अझ धेरै स्पोर्टी र रग्ड लुक्स दिन्छ।


यसको फ्रन्ट टायरमा १९ इन्च र रियर टायरमा १७ इन्चको अलोय ह्वील, अगाडी डब्लूपी इन्भर्टेड फोर्क र पछाडी प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअप, ब्लक प्याटर्न ट्युबलेस टायर, डबल डिस्कब्रेकसँगै स्ट्यान्डर्ड डबल च्यानल एबीएस रहेको छ ।

टीभीएस आरटीएक्स ३०० एड्भेन्चरमा पूरा एलईडी लाइट सेटअप, ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, एप सहितको स्मार्टफोन कनेक्टिभिटी सिस्टम, नेभिगेसन र म्याप मिररिङ, कल एसएमएस अलर्ट, म्युजिक कन्ट्रोलर, मल्टिपल राइड मोडहरू, ट्र्याक्सन कन्ट्रोल, क्रूज कन्ट्रोल, ह्वीली मिटिगेसन, एड्भेन्चर राइडका लागि इलेक्ट्रोनिक थ्रोटल सिस्टम र टेरेन अडेप्टिभ एबीएस लगायत अत्याधुनिक फिचरहरू पाउन सकिन्छ ।

आरटीएक्समा नयाँ आरटी एक्सडी फोर २९९.१ सीसी, सिंगल सिलिण्डर, ४ भल्भ, लिक्विड र वाटर कुल्ड, डीओएचसी इन्जिन छ । यो इन्जिनले अधिकतम ३५ पीएस पावरका साथै २८.५ एनएम टर्क जेनेरेट गर्छ। मोटरसाइकलमा ६ स्पीडको गियरबक्स, क्वीकसिफ्टर र स्लिप एण्ड असिस्ट क्लच पनि छ ।

हाल नेपाली बजारमा जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल बिक्री गर्दै आएको छ । भारतमा छोटो समयमै निकै चर्चित भएकाले कम्पनीले यो नयाँ मोटरसाइकल नेपालमा ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top