२ घण्टामा सोल्ड आउट भयो अल्ट्राभाइलेट इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । अल्ट्राभाइलेट अटोमोटिभले सार्वजनिक गरेको एफ ७७ को लिमिटेड एडिशन मोटरसाइकल दुई घण्टामा सोल्ड आउट भएको छ । कम्पनीले सार्वजनिक गरेर लगत्तै बुकिङ खुला गरेको थियो ।

कम्पनीले ३ भेरियन्टमा एफ ७७ सार्वजनिक गरेको हो भने, यसको सुरूवाती मूल्य ३ लाख ८० हजार भारुदेखि ४ लाख ५५ हजार भारु मूल्य निर्धारण गरेको छ ।

कम्पनीले स्याडो, लाइटनिङ्ग र लेजर गरी तीन भेरियन्टमा एफ ७७ ल्याएको हो । कम्पनीले ७७ यूनिट एफ ७७ को लिमिटेड एडिशन मोटरसाइकल उत्पादन गर्ने बताएको थियो । कम्पनीले लिमिटेड एडिशनको मूल्य सार्वजनिक गरेको छैन भने यसको मूल्य टप भेरियन्टको तुलनामा केही धेरै हुन अनुमान गरिएको छ ।

अन्य तीन भनेरियन्टको तुलनामा लिमिटेड एशिडनमा ग्राफिक भिन्नता रहेको छ । कम्पनीले एफ ७७ को डिजाइन फाइटर जेटबाट इन्स्पायर भएर निर्माण गरिएको जनाएको छ । कम्पनीका अनुसार यो मोटरसाइकलमा कुनै पनि ‘नट बल्ट’ बाहिरबाट देख्न पाइने छैन । कम्पनीले यसको डिजाइनलाई एकदमै क्लिन राखेको छ ।

यसमा २५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको कम्पनीले जनाएको छ । यो भनेको यसको अधिकतम पावर ४०.२ बीएच पावर हो । यसको टर्क भने १०० एनएम रहेको छ । यो मोटरसाइकल ० देखि ६० को स्पीड मात्र २.८ सेकेन्डमा पूरा गर्छ । यो मोटरसाइकलको टप स्पीड १४७ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो मोटरसाइकलमा तीन राइड मोड दिइएको छ जसमा ग्लाइड, कमब्याट र ब्यालिस्टिक रहेको छ । कम्पनीले यसमा १०.५ किलोवाट क्षमताको ब्याट्री दिइको छ । यो ब्याट्री प्याकलाई फास्ट चार्जरले १५ घण्टा र एसी चार्जरले ५ घन्टामा फुलचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

एक पटक फुलचार्ज गरेर ३०७ किलोमिटरसम्म चलाउने सकिने कम्पनीको दाबी छ । यो ब्याट्री इलेक्ट्रीक स्कुटरमा प्रयोग भएको मध्ये सबैभन्दा पावरफुल भएको कम्पनीको दाबी छ ।

यो मोटरसाइकलमा एडजष्टएबल यूएसडी फर्क, मोनोशक, डबल डिस्क ब्रेक, डबल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छ ।


Back_to_top