नयाँ रोयल इनफिल्ड हिमालयन सार्वजनिक, कहिले आउला नेपाल

काठमाडौं । रोयल इनफिल्डको एड्भेन्चर मोटरसाइकल हिमालयनको अपडेटेड भर्सन भारतमा सार्वजनिक भएको छ । भारतमा हालै सम्पन्न राइडर मेनियाँ कार्यक्रममा हिमालयनको अपडेटेड भर्सन सार्वजनिक गरिएको हो ।

चेन्नाइ बेस प्रिमियम मोटरसाइकल उत्पादक कम्पनी रोयल इनफिल्डले तीन नयाँ कलरमा हिमालयन सार्वजनिक गरको हो । कलरका अलावा मोटरसाइकलमा सामान्य परिर्वतन देख्न पाइने छ ।

कम्पनीले ग्लेशियर ब्लू, स्टील ब्ल्याक र ड्यून ब्राउन कलर अप्सनमा हिमालयन ल्याएको हो । यस अघि ग्रेबेल ग्रे, पाइन ग्रीन र ग्रेनाइट ब्ल्याक गरी तीन कलरमा उपलब्ध रहेको थियो ।

नयाँ हिमालयनको साइड प्यानलमा हिमालनको लोगो देखिन्छ भने यूएसबी चार्जिङ पोर्टको सुविधा थप गरिएको छ । नोभेम्बर २४ देखि यो मोटरसाइकलको बुकिङ खुला भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले हिमालयन ड्यून ब्राउन कलर अप्सनको मूल्य २ लाख २२ हजार ४०० रुपैयाँ राखिएको छ भने, ग्लेशियर ब्लू र स्टील ब्ल्याक कलरको मूल्य २ लाख २३ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ ।

यो मोटरसाइकलमा ४११ सीसी एयर कुल्ड, एसओएसचसी इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा २४।३ बीएच पावर तथा ४५०० आरपीएममा ३२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडका गियरबक्स पाउन सकिन्छ । यसमा चार्जिङ पोर्टका अलावा अन्य कुनै फिचर तप गरिएको छैन ।

रोयल इनफिल्डको नेपालमा आधिकारिक विक्रेता परिर्वतन भएसँगै रोयल इनफिल्डका नयाँ मोटरसाइकल नेपाल आउने चर्चा भएको थियो । त्यस लगत्तै नेपालमा २५० सीसी र केही समय पछि १५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लाग्यो । त्यो प्रतिबन्ध अझै कायम रहेको अवस्था रहेको छ ।

प्रतिबन्ध खुलेपछि रोयल इनफिल्ड हिमालयन नेपाल भित्र्ने अनुमान सहजै गर्न सकिन्छ । पछिल्लो समय नेपालमा एड्भेन्चर मोटरसाइकलको माग बढ्दो अवस्थामा छ । त्यस कारण पनि अल्फा अल्फा अटोमोटिभ्स्ले हिमालयन चाँडै नेपाल ल्याउने सम्भावना रहन्छ ।


Back_to_top