काठमाडौं । मंगलबारबाट सुरु भएको नाडा अटो शो भब्यसँग चलिरहेको छ । विभिन्न कार ब्राण्डले १९ लाख ९६ हजारदेखि १ करोड ७० लाखसम्म मूल्यका विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने कार अटो शोमा प्रदर्शनी गरेका छन् ।
महंगा गाडी हेर्ने र आफ्नो बजेटले भ्याउने कम मूल्यका गाडी खरिद गर्ने ग्राहकहरु अटो शोमा थुप्रै भेटिन्छन । यस पटकको नाडा अटो शोमा डोङफेङ नामी ई१, हलमार्भको एचइभी ३००, केईको ईक्यूट ०४ तथा बेइजिङ अटोमोवाइल वर्कसको ब्रम्बी ईभी बजेट कारको रुपमा लन्च भएका छन् ।
यस्तोमा हामीले नाडा अटो शोमा लन्च भएका ३० लाख मूनीका ५ ढोका भएका कारहरुका बारेमा यहाँ चर्चा गरेका छौं ।
बीएडब्लू ब्रम्बी
बीएडब्लुको ब्रम्बी एलएलआर मोटर्सले नेपाल ल्याएको हो । नाडा अटो शोबाटै बिक्री सुरु भएको ब्रम्बी कारको मूल्य २१ लाख ९० हजार तोकिएको छ ।

चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रीक ह्याचव्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा २०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
बीएडब्लूले ब्रम्बी ह्याचव्याकमा ३० किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिएको छ । यसको रेटेड पावर १५ किलोवाट छ ।
यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम छ । यसमा २२७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । रियर ह्वील ड्राइभ मोटर दिइएको कारमा अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ ।
दुई कलरमा सजिएको इन्टेरियर, १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, पार्किङ राडार, ३६० डिग्री क्यामेरा, हाइटेक सेफ्टी फङ्गसन जस्ता फिचर यसमा रहेका छन् ।
केई इक्यूट-०४
नाडा अटो शोमा लन्च भएको अर्को मोडल केईको इक्यूट-०४ हो । लक्ष्मी इमोवीलीटीले नेपाल ल्याएको इक्यूट मोडलको लम्बाई ३६९५ एमएम, चौडाई १६८५ एमएम, उचाई १६१५ एमएम तथा २५०० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यसमा १६५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ ।

कम्पनीले यसमा ४० किलोवाटको मोटर र २८.०८ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । इक्यूट–०४ ले ३०१ किलोमिटरको रेन्ज दिने सीएलटीएलले प्रमाणित गरेको छ । फास्ट चार्जर समेत सपोर्ट गर्ने यो ईभीलाई ३० मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
केईको इक्यूट–०४ मा फ्रन्ट डिउल एयरव्याग, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अराउण्ड भ्यू मनिटर, अटोहोल्ड, एबीएस, इबीडी, इएससी, इएसपी, डीसीए, ६.७ इन्चको इन्टुमेन्ट क्लस्टर, सेन्टर एलसीडी स्कृन, ६ वटा स्पीकर, कोलुम गियर सेलेक्टर, मल्टीफङ्सनल स्टेरिङ ह्वील, फ्लस डोर ह्याण्डल, किलेस इन्ट्री जस्ता फिचर छा् ।
आकर्षक पिङ्क, ब्ल्यू र ह्वाइट कलर अप्सनमा रहेको क्यूट–०४ को मूल्य २४.९६ लाख तोकिएको छ । कम्पनीले थ्री डोर अप्सनमा पनि ईक्यूट शोकेस गरेको छ ।
एचईभी ३००
नाडा अटो शोमा लन्च भएको अर्को अफोडेबल ईभी एचईभी ३०० हो । यसअघि मिनी कार बिक्री गरिरहेको एस क्युब इन्टरप्राइजेजले ल्याएका एचईभी ३०० को मूल्य २८ लाख तोकिएको छ । कम्पनीले नाडा अटो शो अफर भन्दै २५ लाख ९५ हजारमै यसको बुकिङ लिइरहेको छ ।
एचईभी ३०० को लम्बाई ३७५० एमएम, चौडाई १६५५ एमएम, उचाई १५५० एमएम तथा २४१५ एमएमको ह्वीलवेस रहेको छ । यसमा ३५ किलोवाटको मोटर तथा ३२.५६ किलोवाट आवरको ब्याट्रीप्याक छ ।

कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ३३५ किलोमिटरसम्म रेन्ज दिन्छ । फ्रन्टमा डिस्क र रियरमा डम ब्रेक रहेको एचइभी ३०० मा १५ इन्चको ह्वील तथा १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ ।
एचईभी ३०० मा इलेक्टीक पावर स्टेरिङ, डिउल एयरव्याग, पार्किङ सेन्सर, रिभर्स क्यामरा, हिलहोल्ड असिस्ट, एयर कण्डिसन, पीयू लेदर सिट कभर, १२.८ इन्चको एलसीडी स्कृन, ४ वटा स्पीकर, पावर विण्डो, इलेक्ट्रीक एड्जस्टेबल ओआरभीएम, हिटेड साइड मिरर, किलेस इन्ट्री, लेन्स फ्रन्ट हेडलाइट जस्ता फिचर छन् ।
डोङफेङ नामी ई-१
चीनको चर्चित डोङफेङ मोटर्सको कार ब्राण्ड नामी अटोको मुख्य आकर्षण भएको छ । नेपाली बजारमा एमएडब्लु वृद्धिले ल्याएको नामीको वाहिरी लुक्स अत्याधुनिक हुनुको साथै इन्टेरियर पनि प्रिमियम मेटेरियलले बनेको छ । कम्पनीले नामीको ई–१ भेरियन्टको मूल्य २९.९९ लाख रुपैयाँ तोकेको छ ।

यसको साइजमा पनि निकै ठूलो छ । ह्याचव्याक कारको लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम, उचाई १५७० एमएम तथा २६६० एमएमको ह्वीलवेस रहेको छ । फ्रन्ट तथा रियरमा डिसब्रेक रहेको नामी ई–१ मा १६ इन्चको ह्वील छ । यसको ग्राउण्ड क्लियरेन्स १७६ एमएम रहेको कम्पनीले दावी गरेको छ ।
नामी ई–१मा ३१.४ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसको डब्लुएलटीपी रेन्ज २३७ किलोमिटर छ । नामीमा ७० किलोवाटको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।
मल्टीफङ्सनल स्टेरिङ ह्वील, ड्यूल एयरव्याग, एबीएस, इबीडी, हिल असिस्ट, इएससी, ब्रेक असिस्ट, ट्रयाक्सन कन्ट्रोल, एयर कण्डिसन, मल्टी ड्राइभमोड, फ्रेमलेस डोर, ५ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर, फ्रन्ट आर्मरेस्ट, अटोमेटिक हेडलाइट, एलइडी डीआरएल, पावर विण्डो पाउन सकिन्छ ।

