अब यूनिकर्न एफआई इन्जिनमा, १५ प्रतिशत माइलेज बढ्ने

होन्डाले यूनिकर्न मोडलको उत्पादन सुरु गरेको १६ वर्ष भएको छ । सन् २००४ बाट उत्पादन सुरु भएको होन्डा यूनिकर्न नेपाली सडकमा पनि बालो उपस्थिति रहेको मोटरसाइकल हो । सुरु १५० सीसी क्षमतामा ल्याइएपनि सन् २०१५ मा कम्पनीले १६० सीसी क्षमतामा उत्पादन सुरु गरिएको थियो ।

बजारमा १६० भन्दापनि १५० सीसी क्षमताको माग बढी भएसँगै कम्पनीले पुनः १५० सीसीमा यूनिकर्न ल्याएको थियो । उक्त १५० सीसीको यूनिकर्न केही दिनअघि मात्रै नेपाल बजारमा बिक्री सुरु भएको छ ।

विगत १६ वर्षमा करिब २५ लाख होन्डा यूनिकर्न विश्व बजारमा बिक्री भएको तथ्यांक होन्डाले यसअघि नै सार्वजनिक गरिसकेको छ । अब भने कम्पनीले होन्डा यूनिकर्नलाई पूर्ण नयाँ डिजाइन र इन्जिनमा ल्याएको छ ।

कम्पनीले १६२ सीसी क्षमताको इन्जिन र पुरानो १५० यूनिकर्न जस्तै डिजाइनमा नयाँ यूनिकर्न बजारमा उतार्ने अन्तिम तयारी गरेको छ । तर, पुरानो १५० यूनिकर्नको तुलनामा यसको तौल करिब ६ केजी कम रहेको जनाइएको छ ।

यसअघि होन्डाले सिबी यूनिकर्न नामाकरण गरेको भएपनि नयाँ मोडललाई मात्र यूनिकर्न नाम दिइएको छ । यसमा पुरानो १५० यूनिकर्नको तुलनामा २४ एमएम लामो सिट दिइएको छ ।

कम्पनीले नयाँ यूनिकर्नमा ७९८ एमएमको सिट हाइट, १८ इन्चको अलोय ह्वील, १३३५ एमएमको ह्वीलवेस र पहिलेभन्दा धेरै १८७ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

यसमा हेडल्याम्प कौलमा केही परिमार्जन गरिएको छ भने १३ लिटरको इन्धन ट्याङ्की दिइएको छ ।

यो मोटरसाइकलमा कम्पनीले एफआई इन्जिन दिएको छ । उक्त नयाँ १६२ सीसी क्षमताको इन्जिनले १२.९२ बीएच पावर र १४ एनएम टर्क प्रदान गर्छ । यसले पहिलेभन्दा करिब १५ प्रतिशत बढी माइलेज प्रदान गर्नेछ ।

कम्पनीले यसमा खासै धेरै परिमार्जन गरेको छैन । यसमा इन्जिन किल स्वीच र डिसी हेडल्याम्प स्वीच दिएको छ ।


Back_to_top