काठमाडौं । युवाहरुको एड्भेन्चर मोटरसाइकल प्रति बढ्दो क्रेजको कारण कम्पनीहरुले नयाँ मोडलहरु ल्याइरहेका छन् । यसै क्रममा भारतीय बजारलाई केन्द्रमा राख्दै केही महिना भित्रै ४ नयाँ एड्भेन्चर मोटरसाइकल आउन लागेको हो ।
विशेषगरी रोयल इनफिल्ड, हिरो मोटोकर्प, कावासाकी र केटीएम ब्रान्डले एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी थालेका हुन् । यी कम्पनीले ‘इक्मा अटो शो २०२४’मा नयाँ मोटरसाइकल सार्वजनिक गर्नेछन् । कावासाकीले भने भारतमा एड्भेन्चर मोटरसाइकलको बिक्री सुरु गर्ने भएको हो ।
कावासाकीले केही दिन अघि मात्र भारतमा केएलएक्स २३० एस प्रदर्शन गरिसकेको थियो । केटीएमले एड्भेन्चर ३९० सिरिजको ३ नयाँ मोडल सार्वंजनिक गर्ने जनाएको छ । हिरोले भने एक्सपल्सको नयाँ भर्सन सार्वजनिक गर्दैैछ ।
रोयल इनफिल्डले हिमालयन ४५० र्याली भर्सन यसअघि नै भारतमा परीक्षण गरेको थियो । यसलाई कम्पनीले बजारमा ल्याउने छ ।

