अटोमोटीभ क्षेत्रको भविष्य बदल्ने ‘चांगान निभो ई-०७’

काठमाडौं । कुनै बेला पश्चिमेली सफल कार मोडेलहरुको सस्तो कपी उत्पादनका लागि चिनिने चिनियाँ कार निर्माता अहिले अटोमोबाइल उद्योगमा प्रगतिशिल अग्रजका रुपमा आफूलाई रुपान्तरण गर्न सफल भएको छ ।

चीनकै पुरानो कार निर्माता चांगानले भर्खरै अभूतपुर्व लाग्ने निभो ई-०७ एसयूभी सार्वजनिक गरेको छ । यसलाई एउटा वटन थिच्ने वित्तिकै डिजाइन र प्रयोग गर्ने विधि नै परिवर्तन हुन्छ ।

चांगानको आविष्कारले सदियौं पुरानो डिजाइनमा थोरै थोरै परिवर्तन गरेर सन्तुष्ट रहेका पारम्परिक पश्चिमेली कार निर्माताले स्थापित गरेको यथास्थितिलाई चुनौती दिएको छ । निभो ई-०७ एउटा ब्याट्री ईभी हो, जसले पारम्परिक एसयूभी डिजाइनबाट उल्लेखनीय उडानलाई प्रतिनिधित्व गर्छ ।

एसयूभीबाट पीकअप ट्रकमा रुपान्तरण हुने यसको क्षमताले असमानान्तर भर्साटाइलिटी प्रदान गर्छ । यसले आधुनिक उपभोक्ताको विविध आवश्यकतालाई सम्बोधन गर्छ । यो नविनतम् फिचरले उपयोगितालाई मात्र सुधारेको छैन, प्रतिस्पिर्धीहरुभन्दा आफूलाई फरक पनि बनाएको छ ।

चांगानको निभो ई-०७ चिनियाँ कार उद्योगको बढ्दो सिर्जनशिलता र महत्वकांक्षाको प्रमाण हो । अत्याधुनिक प्रविधिलाई अँगालेर र पारम्परिक रितलाई चुनौती दिएर चिनियाँ कार निर्माताहरु पश्चिमी कार निर्माताहरुसँगको दुरीलाई तीव्र गतिमा कम गर्न सफल भइरहेका छन् । चिनियाँ अटोबजारमा भइरहेको उत्साहजनक विकासक्रमको एउटा उदाहरण हो ‘निभो ई-०७’ ।

पारम्परिक एसयूभीको विपरित निभो ई-०७ केही सेकेन्डमै पीकअपमा परिणत हुन सक्छ । यसको स्लाईड हुने ग्लास क्यानोभीका कारण पिकअप वेड पनि मज्जाले देखिन्छ ।

आउडीको एक्टिभस्फेयर कन्सेप्टबाट प्रभावित यो फिचरले ठूला सामान सार्नेदेखि आउटडोर एड्भेन्चर जस्ता विविध आवश्यकतालाई परिपुर्ति गर्छ । एक वर्षअघि सार्वजनिक भएको यो कन्सेप्टलाई चांगानले तुरुन्तै उत्पादनमा ल्याएको हो ।

अहिले आउडीले चीनमा संघर्ष गरिरहेको छ । तर, निभो ई-०७ को आकर्षक प्राइस प्वाइन्ट (२८,१०० डलरबाट सुरु)ले पनि धेरै उपभोक्ताले यो मोडेलमा रुची राखेका छन् । होचो रुफलाइन र लोडिंग बेडका कारण यसमा ‘थर्ड रो’ त छैन तर, दुई रोमा बस्ने यात्रुलाई पर्याप्त स्पेस र कार्गो रुम उपलब्ध गराएको छ ।

निभो ई-०७ चीनमा अल इलेक्ट्रीक र रेन्ज एक्टेन्डर भेरियन्टमा उपलब्ध छ । ब्याट्रीबाट चल्ने मोडेलले ७०० किलोमिटर (एएलटीसी मापदण्ड) रेन्ज दिन्छ जुन लामो दुरीको यात्रा र दैनिक यात्रा दुवैका लागि उपयुक्त छ । रेन्ज एक्टेन्डर भेरियन्टमा ३९ किलोवाट आवरको ब्याट्री छ जसले छोटो इलेक्ट्रीक रेन्ज दिन्छ । तर पेट्रोल इन्जिनका माध्यमबाट लामो यात्रालाई तय गर्न सकिन्छ । निभो ई-०७ इनोभेटिभ डिजाइन, भर्साटाइलिटी र एफर्डिबिलिटी बेजोड समीश्रण हो ।

नेपालमा चांगानको आधिकारिक निर्यातकर्ता एमएडब्लु वृद्धि अटोकर्पले यो ट्रास्र्फमर एसयूभी कहिले ल्याउला त्यो चाहिँ अहिल्यै भन्न सकिन्न । तर, चांगानको दीपल एस-०७ को बिक्रीबाट हौसिएको कम्पनीले चाँडै ल्याउन सक्नेछ ।


Back_to_top