काठमाडौं । हुन्डाई कोना इलेक्ट्रीकको स्पेशल एडिसन जापानमा देखिएको छ । हुन्डाईले विश्वको सबैभन्दा ठूलो एक्टीभ भोल्कानोको नाम ‘मौना लोआ’ दिएर यसलाई बजारमा ल्याउन लागेको हो ।
मेकओभर गरिएको कोना इलेक्ट्रीक ‘मिराज ग्रिन’ कलरमा उपलब्ध हुनेछ । हुन्डाईले कोना क्रसओभरमा २०५/६० आर १७ म्याट व्ल्याक ह्वील दिएको छ । यसको बम्परमा स्क्याच रेसिस्टेन्ट पेन्ट प्रयोग भएको छ ।
हुन्डाईले कोना इलेक्ट्रीक क्रसओभरको चारैवटा चक्कामा मडगार्डको प्रयोग गरेको छ । अफरोड कारको रुपमा डिजाइन गरिएको ईभीमा रुफरेल पनि साइडमा नभई अगाडि र पछाडि क्रस सेक्सन बनाएको छ ।
हुन्डाईले यसको इन्टेरियरमा ‘इजी टु क्लीन फ्लोर म्याट र रबर’ले बनेको कार्गो म्याट छ । यसको बडीमा जस्तै इन्टेरियरमा पनि धेरै ठाँउमा ग्रिन कलरको प्रयोग गरिएको छ । एसेन्टको लागि कतैकतै नियोन एल्लो कलर प्रयोग भएको छ ।
हुन्डाईले कोनाको मौना लोआ एडिसन मात्र ३० यूनिट बनाउने जनाएको छ । यसको जापानमा मूल्य ४९ लाख ५० हजार येन अर्थात् ३२ हजार ५०० डलर तोकिएको छ । लोआ एडिसनमा ६४.८ किलोवाट आवरको ब्याट्री प्याक छ, यसले एक पटकको फुल चार्जमा ५४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दावी गरेको छ ।