केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्समा २५० राइडर सहभागी

काठमाडौं । केटीएम नेपालले ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सफलतापूर्वक समापन गरेको छ । यही कार्तिक ०९ र १० गते भक्तपुरको एड्भान्स राइडिङ एकेडेमीमा आयोजना भएको ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’मा २५० भन्दा बढी राइडरहरुले सहभागीता जनाएको कम्पनीको दावी छ ।

दुई दिन चलेको यस कार्यक्रममा मोटरसाइकल प्रेमीहरूले केटीएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र “हट ल्याप च्यालेन्ज” मा सहभागीता जनाएका थिए । कार्यक्रमको पहिलो दिन सहभागीहरूले ट्रयाकमा केटीएम २०० ड्युक, २५० ड्युक, २०० आरसी, र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गरेका थिए । साथै, अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू संचालन गरेका थिए । यसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण जानकारी दिएको थियो ।

दोस्रो दिन “हट ल्याप च्यालेन्ज” आयोजना गरिएको थियो । त्यसमा प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले ६/६ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए । हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो ।

“केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स” ले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटीएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको कम्पनीको दावी छ ।


Back_to_top