काठमाडौं । रोयल इनफिल्डले नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले नयाँ मोडलको रूपमा रोयल इनफिल्ड ‘बियर ६५०’ मोटरसाइकल ल्याउने भएको हो ।
रोयल इनफिल्डले नयाँ मोटरसाइकल भारतका सडकमा परीक्षण गरिरहेको भिडियो फुटेज लिक भएसँगै नयाँ तथ्य बाहिर आएको हो । परीक्षणको क्रममा देखिएको बियर ६५० मोटरसाइकल कम्पनीले केही दिनमै बिक्री सुरू गर्नेछ ।
बाहिर आएको फुटेजमा देखिए अनुसार बियर ६५० मोटरसाइकल सिम्पल र इन्टरसेप्टर ६५० सँग मिल्दोजुल्दो डिजाइन छ । यसमा गोल्ड कलरको यूएसडी फ्रन्ट फर्क र स्प्रिङ ट्वीन सक सेटअप देखिएको छ । आकर्षक डबल टोन कलर अप्सनमा देखिएको मोटरसाइकलको तौल कम गर्न ‘सिंगल ब्यारल एग्जस्ट’ दिइएको छ ।
नयाँ मोटरसाइकलमा ५ इन्चको ट्रिपर ड्यास छ । जसमा गुगल म्याप, समय, संगीत, स्पीडोमिटर, फ्युल, गियर इन्डिकेटर लगायतका अन्य सूचनाहरू हेर्न सकिने छ ।
बियर ६५० मोटरसाइकलमा ६४८ सीसी क्षमताको प्यारालल ट्वीन सिलिन्डर, आयल कुल्ड इन्जिन रहने छ । उक्त इन्जिनले अधिकतम ४७ ब्रेकहर्स पावर र ५२ एनएम पीक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स रहने छ ।
रोयल इनफिल्डले यसअघि जनावरको नामबाट प्रेरित रहेर ‘गुरिल्ला’ मोडल ल्याएको थियो । अहिले दोस्रो मोडलको रूपमा बियर ६५० नामक मोटरसाइकल निर्माण गरिरहेको हो ।