यस्ता छन् नेपाल आउने तयारीमा रहेका चर्चित ४ मोटरसाइकल

काठमाडौं । सन् २०२३ मा नेपाली बजारमा धेरै नयाँ मोटरसाइकल तथा स्कुटर भित्रने सम्भावना रहेको छ । सन् २०२२ मा भारतमा विक्री सुरु भएका धेरैजसो मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा २०२३ मा आउने छन् ।
२०२२ मा नै नेपाल आउने तयारीमा रहेको केहि मोटरसाइकल तथा स्कुटर आयात प्रतिबन्धका कारण रोकिएका थिए । अब ती मोटरसाइकल तथा स्कुटर छिट्टै नेपाली बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

तत्काल नेपालमा सार्वजनिक हुन सक्नेमा टीभीएस रोनीन र यामाहा एरोक्स १५० रहेका छन् । यसका अलावा बजाज पल्सर पी १५० र सुजुकी भी स्ट्रोम २५० पनि नेपाल आउने छन् ।

अहिले बजारमा माग कम भएका कारण धेरैले नयाँ मोडल ल्याउन चाहेका छैनन् । तर, पनि नेपाल आउने हो भने यी ४ मोटरसाइकल तथा स्कुटरले नेपाली बजारमा राम्रो स्थान पाउन सक्ने देखिन्छ ।

टीभीएस रोनीन

टीभीएस रोनीन नेपाल ल्याउने तयारी पहिल्यै भएको थियो । यो मोटरसाइकलले रोयल इनफिल्डका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । रोयल इनफिल्डका भन्दा कम मूल्यमा आउने कारण टीभीएस रोनीनले नेपाली बजारमा राम्रो बजार पाउने देखिन्छ ।

टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनीनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्र्फटका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।

त्यस्तै यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुबै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनीनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्र्टाट फिचर जस्ता फिचर दिइएको छ ।

यामाहा एरोक्स

यामाहा एरोक्स १५५ स्कुटर चाँडै नेपाली बजारमा सार्वजनिक हुने सम्भावित मोडल हो । यामाहाले २०२२ मा नै नेपाली बजारमा ल्याउने तयारी गरेको यो स्कुटर आयात प्रतिबन्धका कारण सार्वजनिक हुन सकेको थिएन । १५५ सीसी सेग्मेन्टको यो स्कुटरले नेपालमा राम्रो प्रतिक्रिया पाउने देखिन्छ ।

यामाहा एरोक्समा ५.८ इन्जको डिजिटल कन्सोलका साथै ट्वीन एलइडी हेडल्याम्प रहेको छ । यसमा मोवाइल चार्जर, स्मार्ट कि, १४ इन्च अलोय ह्वील, डिस्क ब्रेक, सिगंल च्यानल एबीएस, १४२ एमएम ग्राउन्ड क्लियरेन्स, ७९० एमएमको सिट हाइट जस्ता थुप्रै फिचर रहेका छन् ।

त्यस्तै यामाहा एरोक्स १५५ मा १५५ सीसी लिक्विड कुल्ड ४ स्टोक इन्जिन रहेको छ । यो इन्जिनले १४.८ बीएच पावर र १४.४ एनएम टर्क उत्पादन गर्छ । एरोक्स १५५ मा सीभीटी अटोमेटिक गियर, १४ इन्चिको अलोय ह्वील, ट्यूवलेस टायर, डिस्क ब्रेक, सिंगल च्यानल एबीएसजस्ता विशेषता रहेका छन् ।

सुजुकी भी स्ट्रोम २५०

एड्भेन्चर सेग्मेन्टमा आउने यो मोटरसाइकलले नेपाली बजारमा निकै चर्चा पाउने देखिन्छ । नेपाली बजारमा २५० सीसी एड्भेन्चर मोटरसइकलको माग बढ्दै गएको समयमा यो मोटरसाइकल नेपाल आउन लागेको हो ।

भीजी सुजुकीले २०२२ नाडा अटो शोमा नेपाल भित्र्याउने तयारी गरेको मोटरसाइकल प्रतिबन्धका कारण नेपाल आउन पाएन । कम्पनी स्रोतका अनुसार भी स्ट्रोम २५० लाई कम्पनीले २०२३ को मध्यसम्ममा नेपाल ल्याउने छ ।

सुजुकी भी स्ट्रोम २५० एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यसमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनी ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

पल्सर पी १५०

बजाजको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले निरन्तर रुपमा बजारमा नयाँ मोडल सार्वजनिक गर्दै आएको छ ।

कम्पनीले २०२२ मा नेपाली बजारमा पल्सर एन २५०, एन १६० र पल्सर एनएस १२५ सार्वजनिक गरेको थियो । त्यस्तै २०२३ को मध्यसम्ममा कम्पनीले पल्सर पी १५० भित्र्याउने सम्भावना रहेको छ ।

पल्सर पी १५० मा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ भने यसले १४.५ पीएस पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

पल्सर पी १५० मा १४ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले पल्सर १५० मा रहेको डबल सस्पेन्सनलाई मोनोशक सस्पेन्सनले रिप्लेस गरेको छ भने, फ्रन्टमा ३१ एमएम टेलिस्कोपिक सस्पेन्सन दिएको छ ।

कम्पनीले पी १५० मा ड्रम तथा डबल डिस्क ब्रेक तथा सिंगल सिट तथा स्प्लीट सिट दुवै अप्सन दिएको छ । यी दुवै भेरियन्टमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

बजाज अटोले पल्सर पी १५० मा धेरै जस्तो फिचर पल्सर एन १६० बाट लिएको छ । यसमा एन १६० कै सेमि डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ जसमा, गियर इन्डिेकटर, रेन्ज इन्डिकेटर पाउन सकिन्छ । त्यस्तै, यसमा फुल एलइडी प्रोजेक्टर हेडलाइट, एलईडी डीआरएल, एलईडी टेलल्याम्प, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top