काठमाडौं । मादक पद्धार्थ सेवन (मापसे)का कारण सवारी दुर्घटना हुनेमा देशका ७ प्रदेशमध्ये लुम्बिनी प्रदेश निकै अगाडि रहेको छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार असोजमा महिनामा मापसे गरेका चालकले सवारी चलाउँदा देशभर २०७ वटा दुर्घटना भएका छन् । तीमध्ये आधा बढी लुुम्बिनी प्रदेशमा रहेको प्रहरीको तथ्यांक छ ।
मापसेका कारण असोजमा लुम्बिनीमा १०८ वटा सवरी दुर्घटना भएका छन् । जसमा परी ६ जनाले ज्यान गुमाएका छन् भने १९९ जना घाइते भएका छन् ।
त्यस्तै, मापसेका कारण कोशहीमा ३७ वटा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ६४ जना घाइते भएका छन् ।
त्यसैगरी, काठमाडौं उपत्यकामा २६ वटा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३८ घाइते भएका छन् । मधेशमा ११ दुर्घटना हुँदा १ जना, गण्डकीमा ६ दुर्घटना हुँदा ५ जना र सुदूरपश्चिममा ५ दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
मापसे गरी कर्णालीमा ६ वटा र बागमती प्रदेशमा ८ वटा दुर्घटना गराएका थिए । ती दुर्घटनामा मानिसको ज्यान नगए पनि २७ जना घाइते भएका थिए ।
असोजमा देशभर मापसेका कारण २०७ सवारी दुर्घटना भएका छन् । जसमा १६ जनाको मृत्यु भएको छ भने ३५२ घाइते भएका छन् ।


